६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

परीक्षामा छोरा फेल भएपछि...

टोकियो-जापानका एकजना बाबुले आफ्नो छोराले विद्यालयस्तरको एक प्रवेश परीक्षा पास गर्न नसकेको भन्दै ती १२ वर्षीय छोराको छुरा धसेर हत्या गरेका छन्।
विद्यालयस्तरको एक परीक्षामा ती बालकले नपढेको भन्दै ती बालकका ४८ वर्षीय बुबाले बिगतमा पनि छोरालाई गाली गर्ने गर्दथे।
केन्जो साताके नाम रहेका ती बुबाले आफूले बारम्बार परीक्षाको तयारी गर भन्दा पनि नमानेपछि रिस उठेको र छुरा हानेको बयान दिएका छन्।
जापानको सरकारी टेलिभिजन एनएचकेले सो समाचार मङ्गलबार प्रशारण गरेको छ । जापानमा राम्रो विद्यालयमा प्रवेश पाउनका लागि बालबालिकालाई गाह्रो हुने गर्दछ ।
राम्रो विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउन पाउनुलाई जापानी दम्पत्तिले पनि इज्जतको रुपमा लिने गर्दछन् ।
जापानको मध्य सहर नागोयाको आइची जिल्लाको प्रहरीले दिएको जानकारीअनुसार ती बुबाले बच्चालाई गत आइतबार छोरा हानेका र त्यसपछि अस्पताल पुर्‍याइएको थियो।
तर पनि अत्यधिक रक्तस्रावका कारण ज्यान गएको समाचारमा जनाइएको छ । छोरा भान्सामा रहेका बेला भान्सामा रहेको तरकारी काट्ने चक्कुले छातीमा हानेको प्रहरीले जनाएको छ।
पटक पटक छातीमा छुराले हानेकोले अत्यधिक मात्रामा रक्तस्राब भएको र त्यसका कारण बालकको ज्यान गएको अस्पतालले जनाएको छ ।
ती बाबुले आफूले गल्ती गरेको र सो गल्ती भुलबस हुन पुगेको बताएका छन् । अस्पतालले बालकको ज्यान गएको समाचार सार्वजनिक गरेपछि ती बाबुलाई प्रहरी थुनामा राखिएको छ। रासस/एएफपी

 

प्रकाशित: ७ भाद्र २०७३ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App