मकवानपुर – प्रदेश नम्बर ३ को प्रदेशसभा अन्र्तगतका बिषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन्। ५ वटा समितिमध्ये नेपाली काँग्रेस र माओवादी केन्द्रले एक–एक तथा एमालेले तीन वटा समितिको सभापतिमा निर्वाचित भएका हुन्।
प्रदेशसभा सचिवालय हेटौंडामा बुधबार ५ जनाले मात्र मनोनयन दर्ता गराएपछि बिहीबार बसेको प्रदेशसभा बैठकले निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
प्रदेश मामिला समितिमा एमालेका माधवप्रसाद पौडेल, अर्थ तथा विकास समितिमा एमालेका सुरेश नेपाल, सार्वजनिक लेखा समितिमा काँग्रेसका न्हुच्छेनारायण श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा माओवादी केन्द्रका घनश्याम दाहाल र उद्योग, पर्यटन तथा वातावरण समितिमा एमालेकी रमा आले मगरलाई सभामुख सानुकुमार श्रेष्ठले सपथ खुवाए।
कार्यव्यवस्था परामर्श समितिले मनोनित गरेको सदस्यहरूबाट प्रत्येक समितिमा एक÷एक जना सांसदहरूले सभापतिको लागि मनोनयन दर्ता गरेका थिए। प्रदेशसभा नियमावली २०७४ को नियम १४९ को उपनियम (१) बमोजिम बिषयगत समितिका सभापतिको निर्वाचन गरिएको हो।
प्रकाशित: १६ चैत्र २०७४ ०५:४१ शुक्रबार