coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सडकमा सिन्डिकेट सत्ता

सहज र सुविधायुक्त सेवा दिन थालेको मयुर यातायातलाई बन्द गराउन कोटेश्वरदेखि पूर्व चल्ने सिन्डिकेटवाला यातायात व्यवसायीले सरकार र कम्पनीलाई धम्की दिन थालेका छन्।

यही चैत १ गतेबाट सेवा सुरु गरेको मयुर यातायाततर्फ यात्रु आकर्षित भएपछि सिन्डिकेटवाला व्यवसायीले सेवा बन्द गराउने धम्की दिएका हुन् । धम्की दिनेमा कोटेश्वरदेखि पूर्व सेवा दिने १३ यातायात सेवा समिति छन् । त्यसमा बस वा मिनिबस मात्र होइन, ट्रक र टिपर व्यवसायी समेत सम्मिलित छन्।

यी समितिले बिहीबार काठमाडौं, भक्तपुर र काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मयुर यातायातको इजाजत खारेज गर्न माग गरेका हुन् । उनीहरूले मयुरको इजाजत खारेज नभए यातायात सेवा नै ठप्प पार्ने धक्की समेत दिएका छन् ।मयुर यातायातले काठमाडौं–बनेपा रुटमा २४ वटा सुविधासम्पन्न नयाँ बसमार्फत सेवा सुरु गरेको छ । ४२ सिटे बसमा निःशुल्क वाइफाई सुविधा समेत छ । साथै, यसमा आमाबच्चा सिट समेत छ।

सिन्डिकेटवाला व्यवसायीले भने मयुरलाई कोटेश्वरबाट पूर्व यातायात सञ्चालन गर्न दिएको इजाजतपत्र खारेज नगरिए चैत १८ गतेदेखि ग्रामीण क्षेत्रमा सेवा सञ्चालन नगर्ने धम्की दिएका छन् । उनीहरूले काभ्रे बस र मिनिबस तथा भक्तपुर मिनिबस समितिले सञ्चालन गर्ने ग्रामीण यातायात बन्द गर्ने धम्की दिएका हुन् । प्रजिअलाई बुझाएको ज्ञापनपत्रमा यस्तो सेवा अनिश्चितकालीन बन्द गरिने चेतावनी दिइएको छ।

यही चैत १ गतेबाट सेवा सुरु गरेको मयुर यातायाततर्फ यात्रु आकर्षित भएपछि सिन्डिकेटवाला व्यवसायीले सेवा बन्द गराउने धम्की दिएका हुन् । धम्की दिनेमा कोटेश्वरदेखि पूर्व सेवा दिने १३ यातायात सेवा समिति छन् । त्यसमा बस वा मिनिबस मात्र होइन, ट्रक र टिपर व्यवसायी समेत सम्मिलित छन् ।

मयुरको इजाजत खारेज नगरे आगामी सोमबार (चैत १९) कोटेश्वरदेखि पूर्व चल्ने सम्पूर्ण यातायात बिहान ९ बजेदेखि १० बजेसम्म बन्द गर्ने चेतावनी सिन्डिकेटवाला व्यवसायीले दिएका छन्  । यसैगरी, चैत २१ गते कोटेश्वरदेखि पूर्व चल्ने यातायात पूर्ण बन्द गर्ने लगायत माग गरेर आन्दोलनमा उत्रिने व्यवसायीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जनताले मागबमोजिम नै सुविधासम्पन्न बस सञ्चालन गरेको मयुर यातायातका प्रबन्धक मोहन श्रेष्ठ बताउँछन् । ‘जनतालाई सहज यातायात सुविधा दिनका लागि सरकारसँग इजाजतपत्र लिएर नै बस सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘सम्पूर्ण कानुनी प्रक्रिया गरेर यातायात सेवा सञ्चालन गरेकाले कसैले विरोध गरेर मात्रै हाम्रो यात्रा रोकिँदैन ।’ श्रेष्ठले अन्य यातायात व्यवसायीले अनधिकृत रूपमा सेवा रोक्न नपाउने बताए।

पूर्वतर्फ यातायात सञ्चालन गर्दै आइरहेका अरनिको यातायात सेवा समिति, काभ्रे बस व्यवसायी संघ, काभ्रे मिनिबस सेवा समिति, हेलम्बु यातायात सेवा समिति, हिमाल तराई यातायात सेवा समिति, बाग्मती टिपर व्यवसायी संघ, मध्यउपत्यका बस व्यवसायी संघ, भक्तपुर मिनिबस सेवा समिति, भक्तपुर ट्रक व्यवसायी संघ, मध्यपुर सद्भाव समिति, नयाँबाटो थिमी सद्भाव समिति, उत्तरपूर्वी यातायात संघ र माथिल्लो सगरमाथा यातायात व्यवसायी संघ विरोधमा उत्रेका हुन् ।यसअघि यातायात व्यवसायीले साझा यातायातलाई भक्तपुरमा चल्न नदिने घोषणा गरे पनि चौतर्फी दबाबपछि  अनुमति दिइएको थियो ।

यी समितिले बिहीबार काठमाडौं, भक्तपुर र काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मयुर यातायातको इजाजत खारेज गर्न माग गरेका हुन् । उनीहरूले मयुरको इजाजत खारेज नभए यातायात सेवा नै ठप्प पार्ने धक्की समेत दिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश– ३ का संयोजक धर्मराज रिमालले मयुर यातायातको बसलाई मनलाग्दी हिसाबले जुनसुकै रुटमा चल्न नदिने बताए । ‘जहाँ चल्न मन लाग्यो, त्यहीँ चल्न दिँदैनौँ,’ उनले भने, ‘सडकको अध्ययन गरेर मात्रै रुट परमिट प्रदान गर्नुपर्छ, हचुवाको भरमा गर्न पाइँदैन ।’कानुनी प्रक्रिया पूरा गरेर इजाजत पत्र र रुट परमिट लिने यातायात व्यवसायीले सहज रूपमा सवारीसाधन सञ्चालन गर्न पाउने यातायात व्यवस्था विभाग महानिर्देशक रूपनारायण भट्टराई बताउँछन्।

‘कानुनी प्रक्रिया पूरा गरेर इजाजत लिने सवारीसाधन निर्बाध रूपमा सडकमा गुड्न पाउँछन्,’ उनले भने, ‘यातायात व्यवसायीले सिन्डिकेटको भरमा कुनै यातायातलाई रोक्न पाउँदैनन्, रोक्ने यातायात व्यवसायीलाई कानुनअनुसार कारबाही गरेर छाड्छौँ।’

 

‘जहाँ चल्न मन लाग्यो, त्यहीँ चल्न दिँदैनौँ, सडकको अध्ययन गरेर मात्रै रुट परमिट प्रदान गर्नुपर्छ, हचुवाको भरमा गर्न पाइँदैन ।’‘कानुनी प्रक्रिया पूरा गरेर इजाजत लिने सवारीसाधन निर्बाध रूपमा सडकमा गुड्न पाउँछन्, यातायात व्यवसायीले सिन्डिकेटको भरमा कुनै यातायातलाई रोक्न पाउँदैनन्, रोक्ने यातायात व्यवसायीलाई कानुन अनुसार कारबाही गरेरै छाड्छौँ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय महासचिव सरोज सिटौलाले सरकारले वैज्ञानिक ढंगले रुट इजाजतको अध्ययन गरेर सवारीसाधन थप्नुपर्ने  बताए । ‘सरकारले यातायात व्यवसायीलाई एकापसमा लडाउने र जुधाउने काम गर्नुहुन्न,’ उनले भने, ‘कानुनबमोजिम अनुमति लिएर यातायात व्यवसाय सञ्चालन गर्न पाइन्छ, तर यहाँ केही यातायात व्यवसायीले सुगम क्षेत्रमा सवारीसाधन थप्न हानाथाप गर्ने, दुर्गममा सवारी नथप्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ।’  
 

प्रकाशित: १६ चैत्र २०७४ ०५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App