डिपिएल क्रिकेटको तयारी पूरा

शुक्रबार, १६ चैत २०७४, १० : ४८ नागरिक

धनगढी – यही चैत १७ गते शनिबारदेखि धनगढीमा आयोजना हुन लागेको सर्वाधिक धनराशि पुरस्कार भएको ‘रुस्लान धनगढी प्रिमियर लिग’ (डिपिएल) क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार गरेको पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष शुभाषविक्रम शाहीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए।

शाहीले सञ्चारकर्मी, खेलप्रेमी, खेलाडी सबैले गरेको योगदानको फलस्वरुप यति ठूलो प्रतियोगिता गर्न सफलता मिलेको बताए। नेपाली क्रिकेट टोलीका कप्तान एवं प्रतियोगितामा भाग लिने विराटनगर किङ्सका रणनीतिक खेलाडी पारश खड्काले प्रतियोगिताको आयोजनाले क्रिकेट क्षेत्रमा नयाँ नयाँ खेलाडी जन्मिने भई नेपाली क्रिकेट खेलको बिकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
पत्रकार सम्मेलनमा प्रतियोगिता अघि सम्पूर्ण टोलीका कप्तान र सञ्चालकहरुको उपस्थितिमा प्रतियोगिताको ‘ट्रफि‘ सार्वजनिक गर्न लागिएको जानकारी दिइएको छ।

डिपिएलको मैदान तथा पिचको तयारी
धनगढीको संघीय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना हुँदैछ। खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभूति हुने गरी पिच र मैदान आकर्षक ढंगले तयार गरिएको छ भने दर्शकहरु बस्नका लागि झण्डै ७ हजार क्षमताको अस्थायी ‘प्यारापिट’ निर्माण गरिएको छ।

प्रतियोगिताका लागि दुई महिनादेखि मैदानको व्यवस्थापन थालिएको थियो। दोस्रो संस्करणको यो प्रतियोगिताले आइसिसीको मान्यतासमेत पाएको छ। यससँगै धनगढीमा हुन लागेको यो प्रतियोगितालाई अन्तर्राष्ट्रिय उचाइमा पुर्याइदिएको छ जसका कारण प्रतियोगितामा भाग लिने सम्पूर्ण टोलीले उच्चस्तरका अन्तर्राष्ट्रिय खेलाडीलाई प्राथमिकता दिएर टोलीसँग अनुबन्ध गर्न पाएका छन्।

विभिन्न टोलीमा अनुबन्ध भएका खेलाडी धनगढी भित्रिने क्रम शुरु भएको छ। प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडी र कर्मचारीको बीमा गरिएको आयोजकले जनाएका छन्।

प्रत्यक्ष प्रसारण
खेलको प्रत्यक्ष प्रसारण एपी वान एचडी टेलिभिजन स्ट्रिमिङबाट आइफिलिक्स अनलाइनका साथै डिपिएलको अफिसिएल फेसबुक तथा ट्वीटर पेज र एपमार्फत् प्रसारण गरिने व्यवस्था मिलाइएको छ। मैदानमा ठूलो पर्दाको व्यवस्थाका साथै खेलको पुनःप्रसारण (रिप्ले)को व्यवस्था हुन लागेको छ।

भाग लिने क्रिकेट टोली
देशको पहिलो अक्सन र सिटी बेस्ड फ्रेन्चाइजमा आधारित यो प्रतियोगितामा टोली चौराहा धनगढी, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डन्स, विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्ससमेत छ टोलीले भाग लिन लागेका छन्।

पुरस्कार
कूल १९ वटा खेल खेलाइने प्रतियोगिताको विजेताले २५ लाख, उपविजेताले १० लाख तेस्रो हुनेले ३ लाख र चौथो हुनेले २ लाख पाउनेछन्।

यसबाहेक प्रतियोगिताको ‘म्यान अफ दि सिरिज’को उपाधि पाउने खेलाडीले मोटरसाइकल, गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरको उपाधि पाउनेले गोल्डन बुट र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’को उपाधि पाउनेले १० हजार पुरस्कार पाउनेछन्।

टोलीमा खेल्ने विदेशी खेलाडी
महेन्द्रनगर युनाइटेडमा भारतको आइपिएल खेलेका पुनित विष्ट र रणजी प्लेयर पुनित मेहरा सहभागी हुनेछन्। यस्तै, रुपन्देही च्यालेन्जर्समा भारतकै दीपक प्रसाद, ओमानका सुफ्यान महम्मद, सिवाइसी अत्तरियामा भारतका गौरव चितकार र विपिन चन्द, काठमाडौं गोल्डेनमा भारत रणजी प्लेयर जयकिसन कोल्सावाला र शनि पटेल सहभागी रहेकामा विराटनगर किंग्स र टोली चौराहा धनगढीमा सामेल हुने विदेशी खेलाडी भने सार्वजनिक हुन बाँकी रहेको छ।

रणनीतिक खेलाडी
प्रतियोगितामा भाग लिने टोलीका रणनीतिक खेलाडीमा महेन्द्रनगर युनाइटेडमा विनोद भण्डारी, रुपन्देही च्यालेन्जर्समा शक्ति गौचन, सिवाइसी अत्तरियामा दिपेन्द्रसिं ऐरी, टोली चौराहा धनगढीमा सोमपाल कामी, काठमाडौँ गोल्डेन्समा ज्ञानेन्द्र मल्ल र विराटनगर किंग्समा पारस खड्का रहेका छन्।    (सिद्धराज भट्ट÷रासस) 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad