७ वैशाख २०८१ शुक्रबार
समाज

पश्चिमी वायुले बद्ली र वर्षा

काठमाडौं – पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बद्ली र वर्षा भइरहेको छ।

उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। 

काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ। अहिले वर्षा रोकिएर आकाश खुल्ला भएपनि अपराह्नदेखि पुनः वर्षा हुने मौसमविद् नगरकोटीको भनाइ छ। 

पूर्व, मध्य र पश्चिमका केही पहाडी भेगमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाको पछिल्लो विवरण अनुसार कास्कीको लुम्लेमा १७, जुम्लामा १७, जिरीमा आठ, विराटनगरमा छ, पोखरामा पाँच र काठमाडौंमा तीन मिलिमिटर वर्षा भएको छ। 

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २७ र न्यूनतम ११ डिग्री सेल्सियस रहेको छ। रासस

प्रकाशित: १६ चैत्र २०७४ ०४:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App