coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

टोनी हागनले देखेको काठमाडौं भक्तपुरमा

भक्तपुर – नेपालप्रेमी स्वीस भूर्गभशाश्त्री डा. टोनी हागनले खिचेका तस्बिरहरूको प्रदर्शनी भक्तपुरमा सुरु भएको छ। भक्तपुर नगरको गछेंस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले बनाएको टोनी हागन हाउसभित्र फोटोहरुको प्रदर्शनी सुरु गरिएको हो। सोमबार साँझ टोनी हागनकी सुपुत्री केट्रिनाको उपस्थितिमा प्रदर्शनी सुरु भएको थियो।

सन् १९५० को दशक काठमाडौं उपत्यका कस्तो थियो भन्ने जानकारी सन्देश दिन त्यो दशकमा डा. हागेनले खिचेका तस्बिरहरूको प्रदर्शन गरिएको हो। फोटो प्रदर्शनीले नेपालको विकास कुन रुपमा भइरहेको छ भन्ने सन्देश दिने विश्वास गरिएको छ।

फोटो प्रदर्शनीमा विशेषगरी काठमाडौं उपत्यकाका सम्पदाहरू  समेटिएका छन्। काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचना, पोखरी, दरबारहरूको फोटोहरू प्रदर्शनीमा राखिएका छन्। त्यसताका उपत्यकाका सम्पदाहरू कुन रुप वा अवस्थामा थिए र अहिले कस्तो अवस्थामा पुगेको छ भन्ने सन्देश दिनु प्रदर्शनीको उद्देश्य रहेको बताइएको छ। साथै, सम्पदाहरूको संरक्षणका बारे महत्व बुझाउनु पनि प्रदर्शनीको उद्देश्य रहेको जनाइएको छ। ‘कमसेकम अब बाँकी रहेको सम्पदाहरू त जोगाऔं’ भनी जनचेतना जोगाउने फोटो प्रदर्शनीको मुख्य उद्देश्य रहेको टोनीको सुपुत्री कट्रिनाले सो अवसरमा बताइन्। उनले फोटो प्रदशर्नीबाट नेपालका सम्पदाहरूको महत्व बुझेर संरक्षणमा टेवा पुग्ने विश्वास लिइन्।

प्रदर्शनीमा टोनीले खिचेका पाँच दर्जनभन्दा बढी फोटोहरू राखिएका छन्। फोटोहरु टोनीकी सुपुत्री कट्रिनाले ल्याइदिएका थिइन्। उनले ल्याइदिएको फोटोहरू सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको सक्रियतामा देखाइएको हो।

एक वरिष्ठ स्वीस भूगर्भशास्त्री, विकास योजनाकार र नेपाल प्रेमी डा. टोनी हागनको सम्मानमा भक्तपुरको गछेंमा टोनी हागन हाउस बनाइएको छ। प्रदर्शनी चैत १८ गते आइतबारसम्म चल्नेछ।

टोनी नेपाललाई विदेशी मुलुकमा चिनाउने तथा नेपालभरि पदयात्रा गर्ने पहिलो व्यक्ति रहेको कार्यक्रममा बताइयो। युएन र नेपाल सरकारअन्तर्गत रहेर १२ वर्षभित्र रहेर १४ हजार किलोमिटरको पदयात्रा गरेर उनले नेपालको भूगोल र भूगर्भ अन्वेषणमा आधारित रहेर पहिलो पटक नेपालको नक्सा तयार पारेका थिए। बाँचुञ्जेल आप्mनो जीवनको पछिल्लो आधा शताब्दीभरि नेपालसँग प्रगाढ मित्रताको सम्बन्ध गाँसेका उनले ‘नेपालः द किंग्डम इन द हिमालय’ नामक पुस्तक पनि लेखेका थिए । अन्वेषणमार्फत टोनीले नेपाल पूरै घुमेका थिए।

सन् १९८४ मा डा. टोनी पूर्वराजा वीरेन्द्रबाट वीरेन्द्र प्रज्ञा अलंकारबाट विभूषित भएका थिए । सन् १९९५ मा उनलाई नेपाली नागरिकता पनि प्रदान गरिएको थियो।

प्रकाशित: १६ चैत्र २०७४ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App