८ वैशाख २०८१ शनिबार
कला

सर्वनाममा एकल नाटक महोत्सव

काठमाडौं – दर्जन देशका तीन दर्जन रंगकर्मी राजधानीमा भेला हुने भएका छन्। नाटक र कलामा सक्रिय सर्वनामले आगामी अप्रिल २ देखि ५ सम्म राजधानीमा आयोजना गर्न लागेको  ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव’मा विभिन्न देशका कलाकारले आफ्नो नाट्य प्रस्तुति देखाउनेछन्।

महोत्सवमा नेपालसहित बेलायत, फ्रान्स, भारत, बंगलादेश, चीन, जर्मनी, फिलिपिन्स, स्कटल्याण्ड, नेदरल्याण्डलगायतका देशका कलाकारले नाटक प्रस्तुतिसँगै रंगमञ्चसम्बन्धी अन्तरक्रिया, छलफल तथा कार्यशाला गर्नेछन्।

सर्वनामका निर्देशक अशेष मल्लका अनुसार महोत्सवमा नाटक प्रस्तुतिसँगै उत्सव अवधिमा विश्वकै प्रख्यात निर्देशकहरुबाट नेपाली रंगकर्मीका साथ तालिम तथा कार्यशाला पनि हुनेछ। ‘नेपालमा विश्वमै हाल सक्रिय रंगकर्मीको प्रस्तुति र प्रयोगलाई नेपालका दर्शक तथा रंगकर्मीमा अवलोकन गर्न गराउन आवश्यक छ। विश्वकै रंगकर्मीहरुलाई नेपाली रंगकला अवलोकनका साथै नेपालमा पनि विश्वका रंगकर्मीलाई भित्र्याउन सके मुलुकको पर्यटकीय गतिविधिमा समेत टेवा पुग्न सक्ने भएकाले महोत्सव गर्न लागेका हौं,’ उनले भने।

चारदिने महोत्सवमा १३ नाटक मञ्चन हुनेछन्।  हरेक दिन बिहान ११ बजेदेखि सुरु हुने महोत्सवमा दिनमा तीनदेखि पाँच नाटक मञ्चन हुनेछ।

प्रकाशित: १६ चैत्र २०७४ ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App