६ वैशाख २०८१ बिहीबार
खेल

पूर्वी क्षेत्रको छनोट भदौमा

काठमाडौं – आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत एसिया पूर्वी क्षेत्रको छनोट प्रतियोगिता भदौ १० गतेबाट मलेसियामा हुने भएको छ। 

दुई हप्तासम्म चल्ने प्रतियोगितामा नेपालले आयोजक मलेसियासहित भुटान, चीन, थाइल्यान्ड र सिंगापुर र म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ। अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकप प्रतियोगिताका लागि अफ्रिकामा ३, अमेरिकामा २, एसियामा २, इस्ट एसिया प्यासिफिकमा २ तथा यरोपमा ३ समूह बनाएर प्रतियोगिता सञ्चालन गरिएको छ।

जहाँ ६१ देशको सहभागिता छ। त्यसबाट शीर्ष २५ टोलीले २०१९ मा हुने छनोट प्रतियोगता खेल्नेछन्। त्यसबाट शीर्ष ६ टोलीले अस्ट्रेलियामा हुने सातौं सस्करणमा स्थान बनाउनेछन्। पश्चिमी क्षेत्रमा कुवेत, कतार, युएई, बहराइन, माल्दिभ्स, साउदी अरेविया रहेका छन्।

यसअघि २ वर्षको अन्तरालमा विश्वकप हुन्थ्यो। २०१६ मा भारतमा भएपछि एकदिवसीय विश्वकप जस्तै ट्वान्टी–२० विश्वकप पनि प्रत्योक चार वर्षमा हुन लागेको हो। अस्ट्रेलियामा ट्वान्टी–२० विश्वकप हुन लागेको यो पहिलो पटक हो। 

प्रकाशित: १६ चैत्र २०७४ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App