८ वैशाख २०८१ शनिबार
अर्थ

अमेरिकी ब्रान्ड इनफोकसका स्मार्ट फोन नेपाल भित्रिँदै

काठमाडाैं– प्रिज्म टेक्नोलोजीले अमेरिकी इलोक्ट्राेनिक्स कम्पनी इनफोकसका स्मार्टफोनहरु नेपाल भित्र्याउने तयारी गरेकाे छ। कम्पनीका मार्केटिंङ प्रमुख संगीता सिलवालका अनुसार असार अन्तिम सातादेखि बिक्री वितरण सुरु गरिने जानकारी दिए। उनका अनुसार प्रारम्भिक चरणमा मुख्यतया २ वटा स्मार्टफोन मोडेल र एक फिचरफोन मोडेल सार्वजनिक गरिनेछ।

कम्पनीका अनुसार स्मार्टफोनअन्तर्गतको पहिलो मोडल एम ८१२ प्रिमियम फोन हो, मेटल डिजाइन उक्त फोनमा ४४० PPI सहितको ५.५ इन्चको फुल एचडी स्क्रीन रहेको छ। यसको रेजुलुशन १९२०x १०८० को पिक्सेल रहेको छ। यो स्मार्टफोनमा कम्पनीले सोनीको आइएमएक्स २८९ सेन्सर भएको १३ मेगापिक्सलको रियर क्यामरा जडान गरेको छ र सेल्फी खिच्न ८ मेगा पिक्सेलको फ्रन्ट क्यामरा समाहित छ।

कवालकम स्नयापड्रेगन २.५ गेगाहर्जको क्वाडकोर प्रोसेसर राखेको यो स्मार्टफोनमा ३ जीबी र्याम तथा १६ जीबी इन्टरनल स्टोरेज र १२८ जीबीसम्मको बाहिरी स्टोरेज क्षमता रहेको कम्पनीले जनाएको छ। यसमा २९०० एमएएचको ब्याट्री राखिएको छ। यसका साथै यस स्मार्टफोनले ४ जी पनि सपोर्ट गर्दछ भने यसमा रहेको हाइ स्पिड एलइटीले गर्दा युजरहरुले द्रूत गतिमा डाटा डाउनलोड गर्न तथा वेब पेजहरु खोलन सक्नेछन्।

एम ६८० भने इन्ट्री लेभलको फोन हो, मेटल डिजाइन उक्त फोनमा ५.५ इन्चको फुल एचडी स्क्रीन रहेको छ।
यसको रेजुलुशन १९२०x १०८० को पिक्सेल रहेको छ। यो स्मार्टफोनमा कम्पनीले सोनीको आइएमएक्स २८९ सेन्सर भएको १३ मेगापिक्सलको रियर क्यामरा जडान गरेको छ। साथै सेल्फी लभरहरुको लागि ८१ डिग्री वाइड एङ्गल सहितको १३ मेगा पिक्सेलको फ्रन्ट क्यामरा समाहित छ।

 

प्रकाशित: ७ असार २०७३ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App