७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहाल, मुखर्जी र भण्डारीको भ्रमण निश्चितः निधि

भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग करा गर्दै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–प्रधानमन्त्रीका विशेषदूतका रुपमा गत बिहीबार दिल्ली गएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले आफ्नो भारत भ्रमण सफल भएको बताएका छन्। पाँच दिने भारत भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्किएका मन्त्री निधीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमणलाई भारतले विशेष प्राथमिकता दिएको बताए।

उनले भारत भ्रमणका क्रममा सरकारका प्राथमिकताका विषयमा कुरा भएको बताए। उनले सरकार गठन हुँदा कांग्रेस–माओवादीबीच भएको सात बुँदे सहमति र कांग्रेस–माओवादी र मधेसी मोर्चाबीच भएको तीन बुँदे सहमति अनुसार नै सरकार अगाडि बढ्ने भारतीय नेताहरुलाई जानकारी गराएको जनाए।

संविधान संशोधन नेपालको आन्तरिक मामिला भएका कारण त्यस विषयमा कुनै छलफल नभएको मन्त्री निधिले दाबी गरे। ‘मैले सरकारकार प्राथमिकता, संविधान कार्यान्वयन र कांग्रेस–माओवादी– मधेसी मोर्चाबीच भएको सहमति अनुसार सरकार अगाडि बढ्ने कुरा जानकारी गराएँ,’ उनले भने।

निधीले आफ्नो भारतले भ्रमणले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण, भारतीय राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपतिको भारत भ्रमण पक्का भएको बताए। उनले मिति नतोकी तीनवटा उच्चतहको भ्रमण हुने पक्का भएको बताएका हुन्। यसअघि निधिले बीबीसी नेपाली सेवालाई दिएको अन्तर्वातामा भदौ अन्तिम सातादेखि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण हुने बताएका थिए।

दिल्ली भ्रमणमा रहँदा निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपा अध्यक्ष अमित शाह, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आइका उपाध्यक्ष राहुल गान्धीलगायतसँग भेटवार्ता गरेका थिए।

 

प्रकाशित: ७ भाद्र २०७३ ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App