coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महिला उत्पिडनका बिरुद्ध हिजो बन्दुक उठाउन बाध्य भइयो : सभामुख घर्ती

काठमाडाैं-सभामुख ओनसरी घर्तीले परम्परागत  पितृसत्तात्मक सत्ताले महिला माथि ठूलो उत्पिडन गरेकाले हिजो बन्दुक बोक्न वाध्य भएको बताएकी छन्।

मंगलबार राजधानीको पद्मकन्या क्याम्पसमा अखिल (क्रान्तिकारी) द्वारा आयोजित तीज विशेष कार्यक्रममा बोल्दै सभामुख घर्तीले भनिन्-"
महिला उत्पिडनका विरुद्ध हिजो हामीले बन्दुक उठायौ,अब संविधान कार्यान्वयन गर्ने दायित्व नयाँ पुस्ताको हो।"

आर्थिक अधिकार विनाको अधिकार खोक्रो हुने बताउँदै सभामुख घर्तीले भनिन् -"नेपालका  सबै छोरीहरुले आफ्नो बाबुसँग आर्थिक अधिकार लिनैपर्छ।"

नेपालमा महिलाहरुले बन्दुक बोक्न थालेपछि मात्र महिलाका मुद्दा सतहमा आएको बताउँदै माओवादी केन्द्रकी नेतृ जयपुरी घर्तीले भनिन् -"तर महिलाले वास्तविक अभिकार पाउन लडाइँ अझै बाँकी छ।"

महिला नेतृ शशी श्रेष्ठको भनाइ थियो -" महिलाले आफ्नो लोग्ने मर्दैमा लाउने, खाने जस्ता  नैसर्गिक मानवअधिकारवाट वञ्चित हुनुपर्ने कुरितिको अन्त्य गर्नुपर्दछ।'

कार्यक्रममा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष अनिल शर्माले महिला अधिकारको पक्षमा आफूहरु निरन्तर लडिरहेको बताए।

अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पसका अध्यक्ष बसन्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि राज्यमन्त्री राधिका तामाङ, महिला नेतृ देवी खड्का,धर्मशिला चापागाईं, रेणु दाहाल, रेणु चन्द लगायतका नेतृहरुको उपस्थिति थियो।

प्रकाशित: ७ भाद्र २०७३ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App