coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘सरकारलाई ‘फु’ गरेर ढलाउने ताकत अझै पनि कांग्रेससँग छ’

तनहुँ– नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले अहिलेको वर्तमान सरकारले जथाभावी काम गरे कांग्रेसले सरकारलाई फु गरेर ढलाउने बताएका छन्।

तनहुँको दमौलीमा नेपाली कांग्रेस व्यास ४ द्वारा तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको आठौँ स्मृति दिवसमा आयोजित ‘सम्झनामा गिरिजाबाबु’ वडा स्तरीय सभामा उनले कांग्रेसले सरकारलाई फु गरेर ढलाउने तागत भएको बताएका हुन्।

‘गिरिजाबाबुले २०५१ सालमा पनि तत्कालिन सरकारले गडबड गरेपछि फु गरेर सरकारलाई ढाल्नुभएको थियो, अहिले पनि त्यो ताकत नेपाली कांग्रेसमा छ, तर पार्टी दुईतिर फर्केर हुदैँन्’, कोइरालाले भने। नेपाली कांग्रेसमा अझैपनि सरकारले मनपरी काम गर्छ भने फु गरेर ढाल्ने तागत भएको बताउँदै उनले तर अहिलेको गुट उपगुटको कांग्रेसले त्यस्तो गर्न नसक्ने टिप्पणी गरे। ‘हामी कांग्रेस कांग्रेसमै एकता छैन्, एकले अर्काको अस्तित्व स्वीकार गर्न सकेका छैनौँ,’ उनले भने, ‘अहिलेको परिस्थितिमा आफुहरु रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्नुपर्ने बेलामा कांग्रेसभित्र एकता छैन् अनि पार्टी यस्तै कारणले कमजोर बन्छ।’

सभापतिले पार्टी हारेको होइन व्यक्ति हारेको हो भनेर भन्नुहुन्छ, व्यक्ति हारेको होइन पार्टीले हारेको भन्ने कुरा हामीले मनन गरेर हारको विषयलाई स्वीकार गर्न जरुरी भएको कोइरालाको भनाई छ।

‘नेपालका सुरक्षा निकाय पनि राजनीतिकरणमा लागे, प्रहरी त जुन सरकार आयो त्यसैको पछि लाग्ने गर्छ यो दुभाग्य हो,’ उनले भने, ‘आर्मी मात्रै स्वतन्त्र बाँकी छ, त्यो पनि कति दिन हो।’ अहिले अख्तियार, न्यायलय दात फुस्किएको जस्तो कमजोर बनेको भन्दै न्याय परिषदको सचिवले प्रधानन्यायाधीशलाई एक पुर्जी काटेर हट भन्दैमा प्रधानन्यायाधीशको पद जानु अचम्म भएको कोइरालाले तर्क गरे।

‘अहिले एमाले र माओवादीको सरकार वाम गठवन्धनको सरकार नभएर कम्युनिष्टहरुको सरकार हो, अहिले सरकारले गर्ने कामलाई गुण र दोषको आधारमा आफुहरुले संसद, प्रदेशमा सहयोग र विरोध गर्ने हो’, उनले भने। आफू निर्वाचनमा हारेको भन्दापनि नेपाली कांग्रेसले निर्वाचनमा हार भोग्नुपर्दा आफु दुखित भएको कोइरालाको भनाई थियो।

प्रकाशित: १५ चैत्र २०७४ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App