नेपाल भारतबीचको मित्रतापूर्ण सम्बन्धलाई हामी समर्थन गर्छौः चीन

बिहिबार, १५ चैत २०७४, १७ : १४ नागरिक

बेइजिङ– नेपाल र भातबीचको मित्रतापूर्ण सम्बन्धलाईलाई चीनले समर्थन गर्ने जनाएको छ । बिहीवार चीनले भनेको छ, ‘नयाँ दिल्ली, काठमाडौं र बेइजिङ एकअर्कामा महत्वपूर्ण छिमेकी हुन् र साझा विकासका लागि सँगै काम गर्न सक्छन् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले स्वतन्त्र विदेश नीति अपनाउने भनि गरेको टिप्पणीलाई बेइजिङले सराहना गरेको छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले भने, ‘स्वतन्त्र वैदेशिक नीति प्रति नेपालको प्रतिबद्धतालाई हामी सराहना गर्दछौ । छिमेकीहरुसँग नेपालको बढ्दो मित्रतापूर्ण र सकारात्मक सम्बन्धलाई पनि हामी सहयोग गर्दछौं।’

चीनियाँ विदेश मन्त्रालयका प्रवक्ता काङले थपे ‘चीन, नेपाल र भारत एक अर्कामा महत्वपूर्ण छिमेकी हुन् । सुमधुर अन्तरसंवाद स्थापित गरि साझा विकास हासिल गर्न तीनवटै मुलुकले सँगै काम गर्नसक्छन् भन्ने हामीलाई विश्वास छ ।’
मंगलवार काठमाडौस्थित विदेशी नियोगका प्रतिनिधिलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले स्वतन्त्र विदेश नीति र सन्तुलित सम्बन्ध कायम गर्ने बताएका थिए । 

आइएएनयस समाचार एजेन्सीका अनुसार ओली बेइजिङ समर्थक भएकाले नयाँ दिल्लीलाई टाउको दुखाईको विषय बनेको छ । काश्मिरको विवादित भूमि हुँदै जाने चीनको बेल्ट एण्ड रोड परियोजनालाई भारतले अस्वीकार गरेको छ । तर नेपालले यो परियोजना स्वीकृत गरिसकेकाले नेपालको हिमचिम चीनतर्फ बढेको भारतीय बुझाइ छ । पछिल्ला वर्षमा नेपालको पूर्वाधार निर्माण र द्विपक्षीय सहायतामा चीनको सहयोग बढेको छ ।

टाइम्स अफ इण्डियाले भने ओलीलाई चीन समर्थक नेता भएको टिप्पणी गर्दै ओलीले नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप स्वीकार्य नभएको बताउँदै आएको उल्लेख गरेको छ । आफ्नो अघिल्लो सरकार गिराउन भारतको भूमिका रहेको भन्दै ओली भारतसँग रुष्ट रहेको दृष्टान्त पनि टाइम्स अफ इण्डियाले दिएको छ । 

 







यसमा तपाईको मत


अन्य समाचार

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

फ्लेम अवार्ड एसिया २०१९ हुँदै

नेपाली सहित करिब तीन सय मार्केटिङ कम्पनीहरुको सहभागिता रहेको ‘फ्लेम अवार्ड एसिया २०१९’ मुम्बईको शान्ताक्रुज होटेलमा हुने भएको छ ।

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

व्यवसायी चन्द्र टण्डनलाई मातृशोक

सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई मातृशोक परेको छ। ...