coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

समृद्धिका लागि एकताबद्ध भई अघि बढौं : राष्ट्रपति भण्डारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा पहिलोपटक सम्बोधन गरेकी छिन्।

विहीबार अपराह्न नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संघीय संसद भवन पुगी राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्।

सम्बोधनका क्रममा उनले समृद्धिको लागि एकताबद्ध अघि बढ्न आह्वान गरिन्। संविधानले सबैका लागि समान अधिकार र समान अवसरको ग्यारेन्टी संविधानले गरेको भन्दै समृद्धिको यात्रातर्फ अग्रसर हुनुपर्नेमा उनले जोड दिइन्।

चुनावमार्फत जनताले वाम गठबन्धनलाई परिवर्तनका लागि मत दिएको स्मरण गर्दै विकासको फलमा सबैको न्ययायोचित अधिकार हुनुपर्ने र त्यसका लागि सबै एकताबद्ध भई अघि बढ्नुपर्ने उनको भनाई छ।

शिक्षामा यथोचित ध्यान पुग्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले छिमेकीसँग मित्रवत भावनाले अघि बढ्न आग्रह गर्दै समृद्धिका लागि सहकार्य आवश्यक छ भनिन्। अहिलेको समय समृद्धिको सपना साकार पार्ने समय हाे, उनको भनाई छ।

प्रकाशित: १५ चैत्र २०७४ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App