स्थानीय निकायकाे संख्या बढाउन अायाेग अध्यक्षलाई कांग्रेसकाे दबाब

मङ्गलबार, ०७ भदौ २०७३, ११ : ०७ नागरिक

काठमाडौं–नेपाली कांग्रेसले स्थानीय निकाय पुन संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलसँग छलफल गरेको छ। अहिले जारी कांग्रेस संसदीय दलको बैठकमा आयोगका अध्यक्ष पौडेललाई बोलाइएको छ।

बैठकमा आयोगका अध्यक्ष पौडेलले स्थानीय निकायको संख्या ५६५ बनाउन आयोग  सिफारिस गर्ने जानकारी दिएको बैठकमा सहभागी कांग्रेस सांसद रामहरि खतिवडाले जानकारी दिए। ‘स्थानीय निकाय पुनसंरचना आयोगका अध्यक्षसँग अहिले पनि छलफल जारी छ,’ उनले भने, ‘उहाँले स्थानीय निकायको संख्या ५६५ बनाउन सिफासिर गरिएको रिपोर्ट दिनु भएको छ। अहिले त्यसैका विषयमा छलफल भइरहको छ।’

आयोग अध्यक्षले स्थानीय निकाय पुनसंरचना गर्दा स्थानीय निकायको संख्या ५६५ बनाउनु पर्ने बताएपछि कांग्रेस सांसदहरुले भने आपत्ति जनाएका छन्। उनीहरुले आयोग स्थानीय निकाय निर्वाचन गराउने पक्षमा  नरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेसले स्थानीय निकायको संख्या हजारभन्दा बढी हुनुपर्ने बताउँदै आएको छ। दुई दिनसम्म राजधानीमा चलेको कांग्रेस जिल्ला सभापतिको भेलाले पनि स्थानीय निकायको संख्या हजारभन्दा बढी बनाउन सुझाव दिएको थियो।

दलहरुबीच स्थानीय निकायको संख्या कत्रो बनाउने भन्ने विषयमा विवाद चुलिँदो छ। स्थानीय निकाय पुर्नसंरचना आयोगले  भने स्थानीय निकायको संख्या ५६५ बनाउनुपर्ने रिपोर्ट तयार गरेको छ।

प्रमुख प्रतिपक्ष दल एमाले भने स्थानीय निकायको संख्या कम थोरै बनाउनुपर्ने पक्षमा देखिएको छ। सरकारले चैतमा स्थानीय निकायको निर्वाचन गर्ने गरी तयारी गरिरहेका बेला दलहरुबीच भने स्थानीय निकायको संख्याका विषयमा एकमत छैनन्।  उता सरकारलाई बाहिरै बसेर समर्थन गरेको मधेसी मोर्चाले भने पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने माग अगाडि सारेको छ।  

 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad