७ वैशाख २०८१ शुक्रबार
समाज

ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु,४ घाइते

दुर्घटनामा परेको ट्रिपर । तस्बिर सौजन्यः बिष्णु पौडेल

पाल्पा – बुटवलबाट पाल्पा आउँदै लु १ ख ९००५ ट्रिपर सिद्धार्थ राजमार्गको झुम्सामा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। ट्रिपरमा सवार ड्राईभर सहित अन्य ४ जना घाइते भएका छन्। उनीहरूको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो १ः३० मा भएको दुर्घटनामा परि रिब्दिकोट–२ का देवेन्द्र लम्तरीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए। दुर्घटनामा परि नवलपरासी घर भएका चालक धनबहादुर गुरुङ्ग र तिनाउँ गाउँपालिका–३ का एकै परिवारमा ३ जना  घाइते भएका छन्।

तिनाउँ घाईते ताराबहादुर गाहा उनकी श्रीमती धनी गाहा र तीन वर्षीय छोरा रोशन गाहालाई उपचारका लागि बुटवल लगिएको छ। तीब्र गतिका कारण ट्रिपर दुर्घटना भएको अनुमान गरिएको छ।

प्रकाशित: १५ चैत्र २०७४ ०८:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App