१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

काठमाडौं उपत्यकामा ६० प्रतिशत थोपा सिंचाइ

ललितपुर – काठमाडौं उपत्यकामा झण्डै ६० प्रतिशत किसान थोपा सिंचाइ गर्न थालेका छन्।

एक दशकयता तरकारीखेतीमा थोपा सिंचाइको प्रयोग ह्वात्तै बढेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए।

थोपा सिँचाइका कारण जनशक्ति र पानी दुवैको बचत भएको छ। काठमाडौं उपत्यकामा पानीको कमीका कारण थोपा सिंचाइ उपयुक्त रहेको छ। उनी भन्छन्, “अहिले किसानमा पनि दिनभर पाइपले पानी हालेर मेहनत गर्नेभन्दा पनि छिटो र सजिलो कुरा खोजेका छन्।”

काठमाडौंं उपत्यका बाहिरका तरकारीखेती हुने जिल्लामा पानी पर्याप्त भएकाले र प्रविधि पहुँच नभएकाले पनि थोपा सिंचाइ फैलिन सकेको छैन। थोपा सिंचाइबाट बोटबिरुवालाई पानी हाल्दा उत्पादन बढ्ने भट्ट बताउछन्।

पाइपबाट पानी हाल्दा लामो समयसम्म सुख्खा बिरुवाले एकै पटक ह्वात्तै पानी पाउँछ। थोपा सिंचाइबाट पानी हाल्दा बिरुवाले चाहिने मात्रामा र जरामा नै पानी पुग्छ। उनी भन्छन्, यो विधिबाट बिरुवा सुक्न र एकै पटक बिरुवामा बाढी जसरी नै पानी ह्वात्तै जान पाउँदैन।”

एक किलो गोलभेँडा फलाउनका लागि थोपा सिंचाइबाट औसत ४ लिटर र पाइपबाट औसत ४० लिटर पानी आवश्यक पर्छ। नेपालमा इजरायलबाट फर्किएका नेपाली कामदारले थोपा सिंचाइ लगायतका प्रविधि भित्र्यएका हुन।    (रासस)

प्रकाशित: १५ चैत्र २०७४ ०८:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App