१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्लभ रेडपाण्डा मृत अवस्थामा फेला

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा क्षेत्रमा एउटा मरेको रेडपाण्डा फेला परेको छ। कुकुरले मुखमा च्यापेर ल्याएको रेडपाण्डा मृत अवस्थामा फेला परेको जानकारी आफूलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

मृत अवस्थाको रेडपाण्डा कुकुरले ल्याएको हो की कुकुरले मारेको हो भन्ने बारे केहि खुलेको छैन। जिल्ला वन अधिकृत बिष्णुलाल घिमिरेले रेडपाण्डा मृत अवस्थामा रहेको जानकारी पाउनासाथ जिल्ला वन कार्यालयको टोली रेडपाण्डा फेला परेको स्थल तर्फ गएको बताए। मृत अवस्थाको रेडपाण्डाको पोष्टमार्टम गरेर प्रतिवेदन आएपछि मात्र मृत्युको कारण खुल्ने उनले बताए।

डिएसपी बस्नेतका अनुसार कुकुरले मुखमा च्यापेर पाथीभरा मन्दिर छेउ ल्याएपछि मन्दिरमा रहेका प्रहरीले यसबारे जानकारी दिएका हुन्। पाथीभरा मन्दिरको भेटी संकलन तथा व्यवस्थापन सहित मन्दिर सुरक्षार्थ पाथीभराको माथिल्लो फेदीमा रहेको प्रहरी बिटबाट प्रत्येक दिन मन्दिर परिसरमा प्रहरी खटिदै आएका छन्।

पाथीभरा क्षेत्रलाई दुर्लभ तर लज्जालु प्रकृतिको रेडापाण्डाको बासस्थानको रुपमा हेरिएको छ। रेडपाण्डाका लागि अनुकूल मौसम र उसको आहारा पाइने क्षेत्रको रुपमाा पाथीभरा क्षेत्र परिचित रहेको छ।

प्रकाशित: १५ चैत्र २०७४ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App