८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

नरसंहारमा संलग्नलाई फाँसी

इराक–इराकमा कथित इस्लामिक स्टेटसँग आबद्ध उग्रवादीहरुले गरेको आमनरसंहारसंग संबद्ध भनिएका ३६ जनालाई फाँसी दिइएको छ ।झण्डै दुई वर्ष अघि सेनामा भर्ती भएका एकहजार सातसय जनाको हत्याको सिलसिलामा उनीहरुलाई मृत्युदण्ड दिइएको अधिकारीहरुले जनाएका छन् ।

झण्डै दुई वर्ष अघि इराकको टिक्रिट शहर नजीकै एउटा भूतपूर्व अमेरिकी सैनिक अखाडामा भर्खरै भर्ती गरिएका इराकी सैन्यहरुलाई इस्लामिक स्टेट लडाकुहरुले बन्धक बनाएका थिए । त्यसपछि उनीहरुमध्ये शिया धर्मावलम्वीहरुलाई छुट्याइ उनीहरुको हात बाँधी लरीमा लगिएको थियो ।

पछि उनीहरुलाई खुला चौरमा घोप्टो परी सुत्न लगाइ गोली हानी हत्या गरिएको थियो । इस्लामिक स्टेटले सो हत्याकाण्डको तस्वीर तथा भिडियो इन्टरनेटमा प्रकाशित गरेको थियो ।

’क्याम्प स्पाइकर आमनरसंहार’ भनिने सो घटना पछि कैयौं शिया मिलिसियाहरु आइएस विरुद्धको लडाईमा परिचालित भएका थिए । त्यसको एक वर्ष पछि त्यहाँ सामूहिक चिहानहरु फेला परेका थिए । झण्डै सत्रसय जना इराकी सैनिकहरुको हत्या गरिएको ‘क्याम्प स्पाइकर आमनरसंहार’ भनिेने सो घटना पछि कैयौं शिया मिलिसियाहरु आइएस विरुद्धको लडाईमा परिचालित भएका थिए ।

इस्लामिक स्टेट लडाकुहरुले उत्तरी इराकमा अल्पसंख्यक यजिदी समुदायका सैयौं पुरुषहरुको पनि ज्यान लिएको बताइन्छ । इस्लामिक स्टेटले सिरिया र इराकका विभिन्न क्षेत्रमा नियन्त्रण जमाएको छ ।

झण्डै एक करोड मानिसहरु इस्लामिक स्टेट नियन्त्रित इलाकाहरुमा बसोबास गरिरहेको अनुमान गरिएको छ । एएफपी समाचार संस्थासंग कुरा गर्दै धिकार प्रान्तका गभर्नरको कार्यालयका एकजना प्रवक्ताले आइतबार बिहान छत्तीसजनालाई फाँसी दिइएको जनाए ।

त्यसबेला इराकका कानुन मन्त्री हैदर अल जमिली पनि त्यहाँ उपस्थित रहेको उनले बताए । इराकका प्रधानमन्त्री हैदर अल आबादीले गत महिना ३०० जना भन्दा बढीको ज्यान जानेगरी बगदादमा गरिएका बम हमलापछि आतंकवादमा संलग्न रहेको अभियोग लगाइएकाहरु विरुद्धको कारवाहीलाई तीव्र पारिने जनाएका थिए । आइतबार फाँसी दिइएकाहरु सबैजना इराकी नागरिक भएको ठानिएको छ ।

उनीहरुलाई गत फेब्रुअरी महिनामा मृत्युदण्डको सजाय सुनाइएको थियो । तर ती अभियोग लागेका कतिपयले घटनाको बेला आफुहरु टिक्रिटमा नभएको दावी गरेका थिए । अन्यले आफुहरुलाई वकीलसंग भेटन नदिइएको र यातना दिएर अपराध कबुल गर्न लगाइएको पनि बताएका थिए । मानव अधिकारवादीहरुले ती हत्यामा संलग्न भएका भनिएकाहरु विरुद्धको न्यायिक प्रकृया निकै छिटो टुंग्याइएको भनी गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

 

प्रकाशित: ७ भाद्र २०७३ ०५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App