८ वैशाख २०८१ शनिबार
समाज

अाफ्नै देशका पाहुना नागरिक

किमाथांका पृष्ठभूमि राखेर खिचिएको तस्बिर । किमाथांका,चीनको देन्दाङ र अरुण नदी पारीको चाँगा बजार । तस्बिरः नागरिक

संखुवासभा – संखुवासभाको भोटखोलाबासीहरू ताजा जनादेश सहितको नयाँ सरकार प्रति यतिबेला आशावादी बनेका छन्। राज्यको नजरबाट उपेक्षित भोटे, शेर्पा, तामाङ जातीको बसोबास रहेको अतिदुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिकाका बासिन्दाहरू चीनको स्वशासित  क्षेत्र तिब्बतसँग परनिर्भर रहँदै आएका छन्।

भोटखोला कै किमाथांका नेपालको तिब्बतसँग जोडिएको अन्तिम उत्तरी बिन्दू हो। किमाथांका पुगेका कुनै पनि नागरिक नेपाल भन्दा फरक मुलुक पुगेको महसुश गर्छन्। यहाँका बासिन्दाहरुरू चीनको स्वशासित क्षेत्र तिब्बतको रियु जिल्लामा पर्ने देन्दाङ शहर र नजिकैका चाँगासँग जोडिएर बसेका छन्।

करिब ५ किलोमिटरको फरकमा पर्ने देन्दाङ शहर र नेपाली भू–भाग किमाथांकाबीच विकासको सन्दर्भमा आकाश जमिनको फरक छ। तिब्बतीयन जीवनशैली र नेपाली जीवनशैली करीब–करीब उस्तै देखिन्छन्। तर उनीहरूलाई तिब्बत सरकारले उपलब्ध गराएको सेवा सुविधा, सडक, विद्युत, संचार, शिक्षा, स्वास्थ्य सेवा र विकास निर्माणका कारणले किमाथांकाका नेपाली जनताहरु आफूहरूलाई राज्यबाट अपहेलित भएको महसूस गर्ने गरेका छन्।

अब भने नयाँ सरकारसँगै पूर्वको कर्णालीको उपमा पाएको उच्च हिमाली क्षेत्र भोटखोलाका बासिन्दाहरूले विकास निर्माणको चाहनाहरू पूरा हुने आशामा छन्। भोटखोलाबासिहरूले ३ सय ६२ किलोमिटर लम्बाई रहेको चीन र भारत जोड्ने किमाथांका नाका खुल्ने सपना साँचेको दशकौं बितिसकेको छ। यो अवधीमा सम्बृद्ध मुलुक चीन र भारत जोड्ने संखुवासभा जिल्ला स्थित सबैभन्दा छोटो नाका किमाथांका संचालनका लागि पटक पटकको सरकारले उनीहरू सामु प्रतिबद्धताहरू व्यक्त गरिसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा मुलुकका प्रभावशाली नेताहरूले ६ लेनको बाटो बनाउने सरकारी घोषणा गरेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माधव कुमार नेपाल, उपप्रधानमन्त्री विजय कुमार गच्छेदार, पूर्व परराष्ट्रमन्त्री सुजाता कोईराला, पूर्व अर्थमन्त्री रामशरण महत लगायतका दर्जनौं राष्ट्र नायकले उक्त क्षेत्रको भ्रमण गरी सकेका छन्। तर उनीहरू आएर पटक पटक सडक र किमाथांका नाका संचालन गर्ने प्रतिवद्धता जाहेर गरेका प्रतिवद्धताहरू भोटखोलाबासीहरूले अझै बिर्सेका छैनन्।

पुनः केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठनसँगै यतिबेला फेरी भोटखोलाका बासिन्दाहरू नेताहरूले बाचा पुरा गर्नेमा आशावादी देखिएका छन्। पुस्तौंदेखि भोग्दै आएको कष्टकर जीवनबाट सहज जीवनयापनका लागि यसपटकको सरकारले आफूहरूलाई न्याय दिने उनीहरूको बिश्वास छ। पटक पटक राष्ट्रका प्रमुख व्यक्तित्वहरूको आश्वासन संगाल्दै आएका उनीहरूले अबको नयाँ सरकारबाट भने आफूहरूको सपना पूरा हुने आशा राखेका छन्। अहिले संखुवासभाबाट प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभामा गरि ६ जना सांसदहरू निर्वाचित भएका छन्। भोटखोला २ रुकुमाका शिक्षक कमल लामाले आफ्नो गाउँसम्म सडकको चाहना राख्ने आफ्ना बुवाको पालामा सपना पुरा हुन नसके पनि आफ्नो पालामा भने विकासको मुहार हेरेरै मर्ने अपेक्षा गरेका छन्।

सदरमुकाम खाँदबारीबाट हप्ता दिनको पैदल दूरीमा पर्ने किमाथांकाको सैयौं पटक यात्रा गर्दा आफूलाई राज्य र सरकार प्रति सधै ग्लानी हुने गरेको उनको भनाई छ। उनले भने, आप्mनै देशमा पाहुना हुनु परेको छ। राष्ट्रका लागि करोडौंैंको आम्दानी भि¥याइरहेको दर्जन बढी बहुमुल्य जडिबुटी, लोपोन्मुख दुर्लभ प्रजातिका जीवजन्तु र लाखौं पर्यटक तान्न सक्ने प्राकृतिक दृश्य तथा दर्जनौं हिमश्रृंखलाले भरिपूर्ण भोटखोला क्षेत्र राज्यबाट पूर्ण रुपमा उपेक्षित रहेको उनले बताए।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले यो पटक घरदैलोसम्म आएर भोटखोला क्षेत्रको स्वास्थ्य क्षेत्रको सुधार, सडक, खानेपानी, बिजुली बत्तीलाई प्राथमिकता दिनेछौं भनेका छन्, यस पटक भने आपूmहरु निक्कै आशावादी रहेको भोटखोला ४ सिप्रुङ्गका वाङ्छेदर भोटेको भनाई छ। निर्माणाधिन किमाथांका सडकखण्डलाई दु्रत गतिमा अघि बढाई कच्चि सडक ढलान गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राख्ने हो भने भारतसँगको एकल परनिर्भरता हट्ने निश्चित छ। भने दुई सम्बृद्ध मुलुकहरू भारत र चीनसँगको व्यापार प्रबद्र्धन मार्फत सम्बृद्धि भित्राउन थप सहज हुने संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्य बताउँछन्।

चीनमा उद्गमस्थल रहेको सप्तकोशी नदीको सबैैभन्दा ठूलो सहायक अरुण हिमनदी यसै भोटखोला क्षेत्रहुँदै नेपाल प्रवेश गरेको छ। यसबाट ९ सय मेगावाट क्षमताको अरुण तेश्रो परियोजना निर्माणाधिन अवस्थामा छ। अझै हजारौ मेगावाट बिजुली उत्पादन गरि अरबौंको बैदेशिक मुद्रा समेत आर्जन गर्न सकिने प्रशस्त सम्भावना भोटखोला क्षेत्रले बोकेको छ। भोटखोलाले यस क्षेत्रको मात्र नभएर सिंगो मुलुकको आर्थिक सम्बृृद्धिमा महत्वपूर्ण योगदान दिनसक्ने भोटखोला गाउँपालिकाका अध्यक्ष ठिलेन भोटे बताउँछन्। भोटखोला प्राकृतिक श्रोत साधन र जडिबुटीको खानी हो। सरकारले त्यस क्षेत्रको प्राकृतिक श्रोत साधनको सहि परिचालन गर्ने हो भने प्रदेश १ का १४ जिल्लाको मात्र नभएर देशकै अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्ने संखुवासभा काँग्रेस सभापति दीपन कुमार श्रेष्ठले बताए।

अहिले सिन्धुपाल्चोकबाट चीनको स्वशासित क्षेत्र तिब्बतको रियु शहर हुँदै नेपालको किमाथांकादेखि डोजर लगाएर बाटो खन्ने कार्य भइरहेको छ। सदरमुकाम खाँदबारीबाट एक सय ६२ किलोमिटर उत्तरमा रहेको किमाथांकाबाट करिव २० किलोमिटर सडक खनेर खाँदबारी तर्फ ल्याइदैछ भने यता सदरमुकाम खाँदबारीबाट पनि ४ दिनको पैदल दूरीमा पर्ने हटियागोला सम्मको करिव ९० किलोमिटर कच्चि सडकमा गाडी गुड्न थालेको छ। अब हटिया र किमाथांका बीचको करिव ५० किलोमिटर मात्र सडक जोडिने हो भने चीनको सिमाना किमाथांका नाका र संखुवासभा सदरमुकाम खाँदबारी जोडिनेछ।

खाँदबारीबाट दुई सय किलोमिटरको दूरीमा रहेको विराटनगर रानी सडक अहिले दैनिक संचालनमा रहेकाले अब किमाथांका र भारतको जोगवनी नाका संचालन हुने भोटखोलाका बासिन्दाहरूले आशा राखेका छन्। मुलुकका प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरू हेलिकप्टर मार्फत आएर यहाँका स्थानीय समक्ष किमाथांका नाका संचालन र भोटखोला क्षेत्रको विकासका लागि बचन दिएकाले यसपटक भोटखोलाबासिहरू बढी आशावादी देखिएको स्थानीय भोटखोला २ का दावा रिञ्जिन भोटे बताउँछन्।

प्रकाशित: १५ चैत्र २०७४ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App