यातना दिइएका महिला, पुरुष गाउँबाट विस्थापित

बिहिबार, १५ चैत २०७४, ११ : ०६ नागरिक

गौशाला - गत शनिबार महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर ७ सुन्दरपुरमा जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा अध्यक्षले जेठाजु र बुहारी दुवै जनालाई हातखुट्टा बाँधेर चरम यातना दिएपछि दुवै महिला, पुरुष गाउँबाट विस्थापित भएका छन्।

सोनमा गाउँपालिका–७ सुन्दरपुरका वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोबी र उनका भाइ बुहारी ३५ बर्षीया सैरुल खातुनलाई वडा कार्यालयमै ल्याएर हातखुट्टा बाँधी कुटपीट गरेर चरम यातना दिएपछि बुधबारदेखि उनीहरु घरबाट हराएका छन्।

घटनासम्बन्धी स्थलगत सोधखोज गर्न सञ्चारकर्मीको टोली बुधबार उनीहरुको गाउँ सुन्दरपुर पुग्दा उनीहरु आ–आफ्ना घरमा फेला परेनन् भने छिमेकीहरुले उनीहरुलाई वडा अध्यक्षले कुटपीट गरेर चरम यातना दिएपछि बुधबारदेखि नै उनीहरु घर छाडेर गइसकेको बताए।

छिमेकीहरुले नाम नलेख्ने शर्तमा दुवै महिला पुरुष थप यातना र कुटपीटको डरले घर र गाउँ नै छोडेर अचानक हराएको बताए।

स्थानीयवासीहरुका अनुसार दुवै जनालाई सुन्दरपुर वडा कार्यालयको सभाकक्षको ढोका बन्द गरेर गरिएको पञ्चायतमा बाँसको लट्ठी (कर्ची)ले कुटपीट गरेपछि उनीहरुले फेरी पटकपटक बोलाएर थप यातना दिने डरले गाउँ नै छाडेर बेपत्ता भएका छन्।

गत शनिबार दुवैमाथि पञ्चायत गर्नुपर्ने भन्दै बोलाएर वडा कार्यालयमा गाउँका भूतपूर्व अध्यक्ष रामेश्वर यादवले पीडित ईसराफिलकै कमरको लुँगी खोलेर खुट्टा बाँधे। घाँटीको गम्छा खोसेर हात पनि बाँधिदिए। त्यस्तै, पीडित महिला सैरुललाई बीचमै बसाएर वडा अध्यक्ष आफैँ र स्थानीयवासी अमृत यादवसमेतले दुवै जनालाई मरन्णासन्न हुने गरी कुटपिट गरेर चरम यातना दिएका थिए।

अहिले सो गाउँमा जताततै उनीहरुकै कुरा हुने गरेको छ भने उनीहरु कहाँ गएका छन् भन्नेबारे कसैलाई केही थाहा नभएको स्थानीयावासी बताउँछन्।

यस घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गर्न थालेपछि सो वडाका वडा अध्यक्ष महेश यादव पनि बुधबारदेखि गाउँमा नरहेको देखिएको छ। स्थानीयवासीका अनुसार उनी विशेष काम परेको भन्दै गाउँबाट भागेका छन्। रासस







यसमा तपाईको मत

अन्य समाचार

“नाडा अटो शो २०१९” आयोजना गरिने

“नाडा अटो शो २०१९” आयोजना गरिने

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालद्वारा यही भाद्र १० देखि १५ गते सम्म ...

रिलायन्स लाइफ इन्स्योरेन्सको सभा

रिलायन्स लाइफ इन्स्योरेन्सको सभा

रिलायन्स लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

एलबिइएफको पहिलो दिक्षान्त

एलबिइएफको पहिलो दिक्षान्त

एसिया प्यासिफिक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लर्ड बुद्घ एजुकेसन फाउन्डेसन क्याम्पसले आफ्नो पहिलो दीक्षान्त समारोह सम्पन्न गरेको छ । ...

टाटा ह्यारियर चाँडै नेपाली बजारमा (भिडियो )

टाटा ह्यारियर चाँडै नेपाली बजारमा (भिडियो )

नाडा अटो सो २०१९ मा टाटाले नयाँ एसयुभी गाडी ह्यारियरलाई एच फाइभ नाम दिएर नेपाली बजारमा भित्र्याउन लागेको जनाएको छ।

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

हुवावेले ल्याउँदै छ आफ्नै म्याप्स - गुगल म्याप्सलाई चुनौती

गुगल म्याप्सलाई टक्कर दिँदै हुवावेले आफ्नै म्याप्स ल्याउने भएको छ ! ...

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad