६ वैशाख २०८१ बिहीबार
समाज

समाचार संकलनमा रोक लगाएकोमा निन्दा

चितवन – समाचार संकलनका क्रममा भरतपुर महानगरपालिकामा पुगेका पत्रकारलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकार सम्बद्ध संघ संस्थाले घटनाको निन्दा गरेका छन्। 

यही चैत १३ गते भरतपुर महानगरपालिकामा उद्योग वाणिज्य संघ चितवनको टोलीले करको विषयमा ज्ञापनपत्र वुझाउने क्रममा पत्रकारहरुलाई नगरप्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं १० का वडाअध्यक्ष अरुणपीडित भण्डारीले गाली गलौजसहित दुव्र्यवहारगरी कार्यक्रम स्थलबाट बाहिर निकालिएको भन्दै घटनाको भत्र्सना गरिएको हो। 

नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र जिल्ला कार्यसमिति एवम् नेपाल प्रेस युनियन चितवन शाखाले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी सार्वजानिक चासोको विषयमा सार्वजनिक कार्यालयमा सूचना लिन पुग्दा पत्रकारमाथि यस्तो दुव्र्यवहार हुनु र समाचार संकलनमा रोक लगाइनु प्रेस स्वतन्त्रताकोे उल्लंघन भएको जनाएका छन्। 

यो विषयमा महानगरले दोषीमाथि छानबिन गरी आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने उनीहरुको माग छ। सूचनामा पारदर्शीता देखाउँदै महानगर सूचनामैत्री बन्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिनसमेत महानगरपालिका गम्भीर हुन आग्रह गरिएको छ। 

समाचार संकलनमा पुगेका नेपाल पत्रकार महासंघ चितवन शाखाका सहसचिव एवं कान्तिपुर टेलिभिजनका संवाददाता प्रवीणकुमार दत्त, कान्तिपुर दैनिकका रमेशकुमार पौडेल, कान्तिपुर टिभीका नवराज मिश्र, नागरिक दैनिककी सविता श्रेष्ठ, अन्नपूर्ण पोष्ट दैनिकका तुलमान गुरुङ, कालिका एफएमकी गीता गुरुङ र सौराहा अनलाइनका शिव आचार्यमाथि दुव्र्यवहार गरी कार्यक्रम स्थलबाट बाहिर निकालिएको थियो। 

प्रकाशित: १५ चैत्र २०७४ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App