७ वैशाख २०८१ शुक्रबार
खेल

सुदूर पश्चिम उपाधिनजिक

सर्लाही – ब्वाइज युनियन क्लब काठमाडौंलाई २–० ले पराजित गर्दै सुदूर पश्चिम–११ बुधबार सर्लाहीको बागमतीमा जारी दोस्रो राजर्षि जनक कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

खेलको ४०औं मिनेटमा पहिलो गोल गर्दै सुदूर पश्चिमले अग्रता लियो । सुदूर पश्चिमका अफ्रिकन खेलाडी अब्दुलको पासलाई सदुपयोग गर्दै विनोद केसीले पहिलो गोल गरेका थिए।

मध्यान्तरसम्म अत्यन्त प्रतिस्पर्धात्मक रहेको खेलको उत्तराद्धमा भने सुदूर पश्चिम हाबी देखिएको थियो ।  खेलको ६८औं मिनेटमा सुदूर पश्चिमका तर्फबाट अर्का अफ्रिकन खेलाडी एरोनाले दोस्रो गोल गर्दै आफ्नो टिमको जित सुनिश्चत गरे । दोस्रो गोल पनि अब्दुलकै पासमा भएको थियो।

सुदूर पश्चिमको तर्फबाट पहिलो गोल गर्ने विनोद केसीले म्यान अफ दी म्याच हुँदै १० हजार रुपियाँ नगद हात पारे । बिहीबार नेपाल आर्मी क्लब र सरस्वती युवा क्लब काठमाडौंबीच दोस्रो सेमिफाइनल हुनेछ । यस खेलको विजेताले शनिबार हुने फाइनलमा  सुदूर पश्चिमसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १५ चैत्र २०७४ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App