coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

सुर्खेत – कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरू हैरान भएका छन्। 

केन्द्रले पठाएका गाडीहरू मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका मन्त्रीहरू हैरान भएका हुन्। प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ नम्वरको स्कार्पियो गाडी दिइएको छ। 

उपलव्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ। ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा समस्या भएको, एसी नभएको, अगाडिको सीसा फुटेको, ब्याक लाइट नभएका गाडीहरु केन्द्र सरकारले कर्णाली प्रदेशलाई पठाउँदा समस्या मात्र भएको हो। 

केन्द्र सरकारले कर्णाली प्रदेशका लागि ११ वटा गाडी उपलव्ध गराएको छ। केन्द्रबाट आएका अधिकांश गाडीको अवस्था हेर्दा समस्यै समस्याले गाँजिएको मात्र छ। दुईवटा गाडी पनि चल्ने अवस्थामा नरहेको बताइन्छ। केन्द्रबाट आएको बा १ झ ९१८८ नम्वरको स्कार्पियो र बा १ झ ३८६९ नम्वरको ल्याण्डक्रुजर प्रयोग नै गर्न नमिल्ने अवस्थामा रहेको छ। स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा बिभागबाट पठाएको बा १ झ ३८६९ नम्बरको अर्को गाडी चलाउने अवस्थामा नरहेको पाईएको छ। गाडीको किसिम शीर्षकमा लेखिएको छ, चालु अवस्थामा नरहेको, मर्मत गर्नुपर्ने। 

गाडीको व्यवस्थापन गर्नै गाह्रो 

केन्द्रले बिग्रिएका र थोत्रा गाडी मात्र पठाएपछि कर्णाली प्रदेश सरकारलाई गाडीको व्यवस्थापन गर्न समस्या भएको छ। १५ वटा गाडी पठाएको जानकारी आएपनि ३ वटा अझै यहाँ आइनपुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत युवराज न्यौपानेले बताए । 

पन्ध्र गाडी पठाउने जानकारी आएपनि तीनवटा गाडी अहिलेसम्म आइनपुगेको उनले बताए। आएकामध्ये पनि दुईवटा बिग्रीएकाले व्यस्थापनमा समस्या भएको उनले बताए। कर्णाली प्रदेशमा अहिले व्यवस्थापनका लागि ३४ वटा गाडी चाहिएको छ । तर केन्द्रले नदिएका कारण प्रदेश सभाका चारवटा विभिन्न समितिका सभापति, विपक्ष दलका नेता, दलका सचेतक, संसदीय दलका नेताहरुलाई समेत सरकारले गाडी उपलव्ध गराउन सकेको छैन। 

त्यस्तै, प्रदेशसभा सचिवालयका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई समेत गाडी छैन। प्रदेश सरकारका कतिपय मन्त्री र सचिवलाई जिल्ला तथा क्षेत्रीय कार्यालयसँग समन्वय गरेर गाडीको जोहो गरिएको छ। अस्थायी रुपमा गरिएको व्यवस्थाले दीर्घकालीन समाधान निकाल्न नसकिने भएको छ। हेमन्त के सी /रासस

प्रकाशित: १५ चैत्र २०७४ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App