coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

११ लाख क्षतिपूर्ति तिरेर छुटे गिरी

काठमाडौं– प्रतिलिपी अधिकार हनन गरेको आरोपमा मंगलबार प्रहरी नियन्त्रणमा रहेका निर्माता सुवास गिरी ११ लाख क्षतिपूर्ति तिरेर  प्रहरी हिरासतबाट छुटेका छन्। 

निर्माता तथा निर्देशक शम्भु प्रधानको ठाडो उजुरीमा मंगलबार साँझ पक्राउ परेका गिरी क्षतिपूर्ति तिर्न सहमत भएपछि छुटेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी गराएका छन् । मुद्दा दर्ता भइनसकेकाले दुवै पक्ष सहमत भएपछि क्षतिपूर्ति तिराएर छाडिएको उनले बताए ।  नगद ११ लाखसँगै फिल्मबाट गीत निकाल्नु पर्ने सर्तमा पनि गिरी र प्रधानबीच सहमति भएको थियो।

निर्माता तथा निर्देशक शम्भु प्रधानले तीन दशक अघि आफूले निर्माण तथा निर्देशन गरेको ‘सम्झना’को ‘उकालीमा अघि अघि’बिना अनुमति सुवास गिरीले निर्माण गरेको फिल्म ‘कृ’मा प्रयोग गरेको भन्दै प्रहरी प्रशासन समक्ष उजुरी दिएका थिए । प्रधानको सोही जाहेरीको आधारले प्रहरीले गिरीलाई पक्राउ गरेका थिए । प्रधानले गीत हटाउनु पर्ने आफ्नो माग पूरा भएकाले सहमतिमा आएको प्रतिक्रिया दिएका छन् । प्रधानले उजुरीमा भने लगानीको ५० प्रतिशत क्षतिपूर्ति पाउनु पर्ने दाबी गरेका थिए । २१ लख हुँदै ११ लाखमा कुरा मिलेपछि गिरी बुधबार २ बजे हिरासतबाट मुक्त भएका थिए ।

प्रकाशित: १५ चैत्र २०७४ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App