coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आर्मी र गोल्डेनगेटबीच फाइनल

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लब र गोल्डेनगेट इन्टरनेसनल प्रथम क्विक्स पुरुष बास्केटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। 

बुधबार पहिलो प्लेअफ खेलमा विभागीय टोली आर्मीले हिमालयन हन्ड्सलाई १०५–७९ स्कोरले पराजित गर्दा दोस्रो प्लेअफमा गोल्डेन गेटले विशाल मिलन केन्द्रलाई ११३–७९ स्कोरले पराजित गर्दै उपाधि भेट पक्का गरेको हो। 

भद्रकालीस्थित आर्मीको कोर्टमा भएको प्लेअफको पहिलो खेलमा आर्मी सबै क्वार्टरमा हाबी रह्यो। लिगचरणका खेलमध्ये एक खेलमा मात्र पराजित भएको आर्मी हिमालयन हन्ड्सविरुद्ध पहिलो क्वार्टरमा २९–११ ले अघि थियो । दोस्रो क्वार्टरमा केही सुधारिएको खेल प्रस्तुत गरे पनि हन्ड्स (१९–१७)२ स्कोरले पछि पर्दै आर्मीलाई नै दोस्रो सेट सुम्पिएको थियो। तेस्रो क्वार्टर पनि आर्मीले २९–२३ स्कोरले आफ्नो पक्षमा पार्दा चौथो क्वार्टर भने २८–२८ को स्कोरमा सकिएको थियो।

खेलमा सदीश प्रधानले सर्वाधिक २३ स्कोर गर्दा म्यान अफ दी म्याच आशिष बस्नेतले २२ स्कोर गरे। 

जितपछि आर्मी प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपालको आयोजना जारी प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भयो।

बुधबारै सम्मन्न दोस्रो प्लेअफको खेलमा गोल्डेनगेट इन्टरनेसनल कलेजले विशाल मिलन केन्द्रलाई ३४ अंकको स्कोरले पराजित गर्दै आर्मीसँगको भेट पक्का ग-यो।

प्रकाशित: १५ चैत्र २०७४ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App