७ वैशाख २०८१ शुक्रबार
कला

आलियालाई हिरोइनसँग जोडी बाँध्ने रहर

मुम्बई– सामान्यतया हिरोइनलाई दिग्गज कलाकारसँग स्क्रिन सेयर गर्ने चाहाना हुन्छ । हिरोइनलाई ‘कोसँग काम गर्न चाहानुहुन्छ ?’ भन्ने प्रश्न सोध्यो भने हिरोइनको मुखबाट अधिकांश समय हिरोहरूकै नाम निस्कन्छ । तर आलियाले भने हिरो हैन हिरोइनसँग फिल्म खेल्ने चाहाना व्यक्त गरेकी छिन्।

आलियालाई एक अनलाइनले धेरै कलाकार भएको फिल्म गर्नुहुन्न नी ? भनी सोधेको प्रश्नमा आलियाले आफूलाई पनि मल्टिस्टारर फिल्म खेल्ने इच्छा रहेको तर यसमा पनि पुरुषभन्दा महिला स्टार कलाकारसँग काम गर्न इच्छुक रहेको बताएकी हुन्।

‘मलाई आजसम्म कसैले पनि मल्टिस्टारर फिल्म अफर गरेको छैन । अझ आजसम्म पनि मैले फिल्ममा अर्को पनि हिरोइन छ भनेर फिल्मको अफर अस्वीकार गरेको छैन । मलाई त अझ त्यस्तो फिल्म गर्न मन छ जहाँ म जस्तै महिला कलाकारको भिड होस् । यस्तो भयो भने काम गर्न पनि मज्जा हुन्छ र फिल्म पनि रमाइलो हुन्छ,’ आलियाले भनेकी छिन्।

उनले भने झैं महिला कलाकारलाई मात्र लिएर फिल्म बनाउने हो भने आलिया कोसँग काम गर्न चाहान्छिन् ? उनले भनिन् ,‘ कट्रिना मेरो नजिककी साथी हुन् । त्यसैले हामीसँगै फिल्म गर्ने बारेमा कुरा गरिरहेका हुन्छौं । यस्तै दीपिका पादुकोनसँग काम गर्न पायो भने मज्जा आउँछ । कट्रिना र दीपिका जस्तो उम्दा कलाकारलेसँगै काम गर्ने भने अनौठो हुन्छ।’

आलियाले पछिल्लो समय बलिउडमा महिला केन्द्रित फिल्म बन्ने क्रम जारी रहेकाले चाँडै यस्तो दिन पनि आउने विश्वास व्यक्त गरेकी छिन् । ‘दिल चाहता है लाई तीनवटा केटीको कथाको रुपमा रिमेक गर्ने हो भव्य फिल्म बन्छ,’ आलियाले भनेकी छिन् । आलिया हाल ‘गल्ली ब्वाइर्’ र ‘ब्रम्हास्त्र’को सुटिङ गरिरहेकी छिन् ।

प्रकाशित: १५ चैत्र २०७४ ०२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App