७ वैशाख २०८१ शुक्रबार
समाज

स्थानीय तहमाआकस्मिक कोष

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिले आकस्मिक कोष स्थापना गरेको छ । प्राकृतिक तथा मानव सिर्जित प्रकोपको समयमा तत्कालै राहत वितरण गर्नका लागि १० लाख ८० हजारको कोष स्थापना गरिएको हो। नुवाकोटमा रहेको नेपाल बैँकमा कोष स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष सृजना लामाले बताइन्। 

कोषमा गाउँपालिकाको १० लाख र बतास फाउन्डेसनको ८० हजार गरी १० लाख ८० हजार जम्मा गरिएको उपाध्यक्ष लामाले जानकारी दिइन्। ‘विपद्को समयमा पीडितलाई तत्काल राहत वितरण गर्नका लागि यो कोषको स्थापना गरिएको हो,’ उपाध्यक्ष लामाले भनिन्, कोषको रकम जोखिमको समयमा तत्काल परिचालन गर्न सकिनेछ।’

समितिले प्राकृतिक प्रकोपले निम्त्याउने क्षति न्यूनीकरणका लागि निर्देशिका बनाएर कार्यान्वयन गरिरहेको गाउँपालिकाले जनाएको छ। समितिका पदाधिकारीको क्षमता अभिवृद्धिका लागि सामुदायिक विपद् तथा जलवायु उत्थान समूह व्यवस्थापन एवं विकाससम्बन्धी तालिमसमेत सञ्चालन गरिएको छ। तालिममा स्थानीय कर्मचारी, समितिका पदाधिकारी र जनप्रतिनिधिसहित २६ जनाको सहभागिता रहेको बतास फाउन्डेसनका आशिष तामाङले बताए।

प्रकाशित: १५ चैत्र २०७४ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App