१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुईवटा कानुन बन्ने तयारीमा

मकवानपुर – प्रदेशसभा बैठकमा प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक प्रस्तुत भएसँगै २ वटा कानुन बन्ने तयारीमा रहेको छ। बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धी विधेयक र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित सम्बन्धी विधेयक प्रस्तुत गरेका थिए। प्रदेशसभा नियमावली २०७४ को नियम १ सय १० र १ सय ११ बमोजिमको सर्तहरूको अधिनमा रही शुक्रबारसम्म कार्यव्यवस्था शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सकिने भएको छ। 

कार्यव्यवस्था परामर्शसहित ६ समिति गठन
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा कार्यव्यवस्था परामर्श समिति सदस्यको मनोनयन गरेको नाम सर्वसम्मत पारित गरेको छ। बैठकमा सभामुख श्रेष्ठले समितिका सदस्यको नाम पढेर सुनाएका थिए। सत्तारूढ एमाले र माओवादी केन्द्रबाट २÷२ जना, प्रमुख प्रतिपक्षी कांग्रेसबाट २, प्रतिपक्षी विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, राप्रपा र राप्रपा प्रजातान्त्रिकबाट १–१ जना सदस्य रहेको पदेश सदस्य एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले बताए। बैठकमा पेस गर्ने विषयको प्राथमिकता, समयावधि तथा बैठक सुव्यवस्थित गर्न कार्यव्यवस्था परामर्श समितिको व्यवस्था भएपनि गठन नहुँदा सर्वदलीय बैठकमार्फत् बैठकको कार्यसूची तय हुँदै आएको थियो।

त्यस्तै प्रदेशसभा बैठकले ५ वटा विषयगत समिति गठन गरेको छ। बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समितिमा रहेका प्रदेशसभा सदस्यको नाम अनुमोदनका लागि प्रस्तुत गरेका थिए। प्रदेशसभा नियमावलीको नियम १ सय ४६ बमोजिम गठन हुने विषयगत समितिको सभापतिको निर्वाचनको मिति समेत तय गरिएको छ।

यसअनुसार सभापतिको दर्ता र नामावली प्रकाशन बुधबार तथा समितिको सभापतिबारे बिहीबार प्रदेशसभा बैठकमा निर्णयार्थ प्रस्तुत हुने कार्यसुची तोकिएको छ। बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन गरी कार्यविभाजन गरिएको पत्र सभामुख श्रेष्ठले पढेर सुनाएका थिए।

प्रकाशित: १५ चैत्र २०७४ ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App