८ वैशाख २०८१ शनिबार
समाज

मापसे गरेका वडाध्यक्ष पक्राउ

काँकडभिट्टा- मादक पदार्थ सेवन गरेको आरोपमा मेचीनगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलक न्यौपाने बुधवार पक्राउ परेका छन् ।

अभियुक्त वडाध्यक्ष न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । पटक पटक मापसे गरी कार्यालयमा आउने गरेका वडाध्यक्ष न्यौपानेलाई बुधवार दिउँसो सेवाग्राहीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उनलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।

मेची आम्दा अस्पताल धुलाबारीमा जाँच गर्दा वडाध्यक्षले मापसे गरेको पुष्टि भएको थियो । न्यौपाने नेकपा(एमाले)का तर्फबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका हुन् । (रासस)

प्रकाशित: १४ चैत्र २०७४ १७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App