८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्रीले राराबाट देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। 

कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उनी रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जानकारी गराए।

‘कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु’, ओलीले भने, ‘राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ।’ समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए। रासस

प्रकाशित: १४ चैत्र २०७४ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App