coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रेल मात्रै किन चढ्छन उत्तर कोरियाका शासक ?

बेइजिङ– उत्तर कोरियाका शासक किम जोङ उन रेल चढेर चीन भ्रमणमा आएपछि संसारभर चर्चा भएको छ। यतिमात्रै होइन छिटो र सुरक्षित यात्राका लागि विश्वभरका नेता विमान र हेलिकप्टरमार्फत यात्रा गर्छन्, तर उत्तर कोरियाका शासकहरु किन रेल मात्रै चढ्छन भन्ने प्रश्न अहिले उठेको छ। 

इतिहास हेर्ने हो भने किमका पिता किम जोङ इलले कहिल्यै विमान चढेनन्। आफ्नो कार्यकालमा १० देखि १२ पटक विदेश भ्रमण गरेका उनले सबै ठाउँमा विशेष रेलमा पुगेका थिए। उनले १९८४ मा रेलबाटै पूर्वी युरोपको भ्रमण गरेका थिए। यद्यपीको उनको मृत्यु पनि रेलमै हृदयघातका कारण भयो।

किम जोङ इल विमान चढ्न मन पराउँदैनथें। २००२ मा ३ हप्ते रुस भ्रमणमा पनि रेलबाटै गएका थिए। आफ्नो जीवनकालमा उनले प्रमुख आर्थिक साझेदार चीनको रेलबाटै धेरै भ्रमण गरेका थिए। उनी लामो यात्राका लागि यही रेल प्रयोग गर्थे।

किम जोङ इलको निधनपछि २०११ मा सत्तामा आएका किम जोङ उनले पनि ७ वर्षपछि पहिलो विदेश भ्रमण रेलबाटै गरेका हुन्। उनी सोमबार साँझ पहेलो रेखा र हरियो रंगको डब्बा भएको विशेष रेलबाट बेइजिङ आइपुगेका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनका पिताले पनि यही रेलबाट अन्तिमपटक २०११ मा बेइजिङको भ्रमण गरेका थिए। 

के हो विशेष रेल ? 

यो रेल कुनै साधारण रेल होइन। न्युयोर्क टाइम्सका अनुसार बेइजिङमा देखिएको यो रेलमा २१ वटा डब्बा हुन्छन्। यी सबैको रंग हरियो छ। यो रेलको झ्याल र ढोकामा टिस्टेड ग्लास छ, जसले भित्र कसले यात्रा गरिरहेको छ भन्ने बाहिर देखिँदैन्। किम जोङका लागि उच्च सुरक्षासहित ९० वटा डब्बा तयारी अवस्थामा राखिएको हुन्छ। यिनमा हरेक डब्बा बुलेटप्रुफ हुन्छन्। जो सामान्य डब्बाभन्दा भारी हुन्छ। बढी तौल भएका कारण यसको गति कम हुन्छ। यसको अधिकतम तीव्र गति प्रतिघण्टा ३७ माइलसम्म हुन्छ। रेलको माथि सैन्य हेलिकप्टर र विमानले सुरक्षा दिन्छ।

उत्तर कोरियाभित्रै किम जोङ उनले निजी प्रयोगका लागि २२ रेल्वे स्टेशन बनाएको बताइन्छ। रेलभित्र कन्फ्रेन्स रुम पनि हुन्छ। जहाँ किम जोङ इल र किम जोङ उनले बैठक गरेको तस्बिर सार्वजनिक भइसकेको छ। देशभित्र यात्रा गर्दा डब्बामा एक मोबाइल ट्वाइलेट पनि हुने गर्छ।

उत्तर कोरियाका कुटनीतिज्ञहरु रेलको प्रयोग सुरक्षा सतर्कताका लागि भएको बताउँछन्। अर्काेतर्फ उत्तर कोरियाको सिधा हवाई सम्पर्क चीनसँग मात्रै छ। बेइजिङबाट हप्ताको दुई उडान प्योङयाङ हुनेगर्छ। अन्य देशसँग हवाई सम्पर्क छैन्।

प्रकाशित: १४ चैत्र २०७४ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App