५ वैशाख २०८१ बुधबार
राजनीति

इयूको प्रतिवेदन स्वतन्त्र राष्ट्रप्रतिको हस्तक्षेप : नेता गच्छदार

विराटनगर (रासस)- नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताएका छन्।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गरे। “उनले नेपाली जनताले सार्वभौम संविधान सभाबाट जारी भएको संविधानप्रति कुनै विदेशी राष्ट्रले पुगेन भन्नु त्यो स्वतन्त्र राष्ट्रप्रति हस्तक्षेप हो’, उनले भने। ”

उनले संविधानमा आरक्षणको प्रयोग नभएको स्पष्ट पार्दै जनसंख्याको आधारमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको सिट निर्धारण भएको बताए। नेता गच्छदारले सरकारको जिम्मेवार स्थानमा बसेका मन्त्रीबाट शेयरसम्बन्धी टिप्पणीबाट आज शेयर बजार खस्केको छ भन्दै आर्थिक विषयमा ध्यान पुर्‍याएर बोल्नुपर्नेमा जोड दिए।

नेपाली काँग्रेस संसदीय दलका उपनेता समेत रहेका गच्छदारले वर्तमान सरकारको एक सय दिन पूरा नभएकाले अहिले नै कुनै टिप्पणी नगर्ने बताए।

एक प्रश्नको जवाफमा नेता गच्छदारले नेपाली काँग्रसको केन्द्रीय समितिको बैठक अहिले सम्पन्न नभएको महासमिति र महाधिवेशनको कहिले बोलाउने भन्ने सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिए।
 

 

प्रकाशित: १४ चैत्र २०७४ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App