८ वैशाख २०८१ शनिबार
राजनीति

काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा घले

मकवानपुर – नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको प्रमुख सचेतकमा राधा घले चयन भएकी छिन्। बुधबार पार्टी कार्यालय हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो।

संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा तथा अनुशासन समितिको संयोजकमा विजुला बर्मालाई चयन गरेको छ । यससँगै नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको कार्यसमितिले पूर्णता पाएको छ।

बैठकले प्रदेशमा बन्ने ५ वटा विषयगत समितिमध्ये काँग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा न्हुच्छेनारायण श्रेष्ठको उम्मेदवारी दिने निर्णय गरेको सदस्य सचिव निमा लामाले जानकारी दिए ।

बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुँदा २२ नेपालीसहित ४९ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार र मृतकलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ । संसदीय दलको बैठकले कांग्रेस नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्थाको जानकारी लिन ३ नम्बर प्रदेशको संसदीय दलका नेता बानियाँ र डा. राजाराम कार्कीलाई शनिबार भारत पठाउने निर्णयसमेत गरेको बताईएको छ ।

प्रकाशित: १४ चैत्र २०७४ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App