८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल इन्भेस्टमेन्ट बैंकको ४१ प्रतिशत लाभांश

काठमाडौं- नेपाल इन्भेस्टमेन्ट बैंकले ४१ प्रतिशत लाभांश दिने भएको छ। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ। राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण गर्नेछ।  उक्त लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७० करोड ६६ लाख रुपैयाँ पुग्ने जारी विज्ञप्तिमा उल्लेख छ।

बोनस सेयर वितरण पछि यो बैंक नै राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउने निजी क्षेत्रको पहिलो र ठूलो बैंक हुनेछ।

बैंकले ४६ वटा शाखा, ४७ वटा शाखारहित बैंकिङ सेवामार्फत सेेवा दिँदै आएको छ। यसका ८२ वटा एटिएम सञ्चालनमा छन्। ५ लाख ५० हजारभन्दा बढी ग्राहकले कार्ड प्रयोग गर्ने गरेको बैंकले जनाएको छ। साथै, बंैंकले चारपटक 'बैंक अफ दि इयर' उपाधि पाएको छ। जसले आर्थिक वर्ष २०६७/०६८ देखि लगातार इक्रा रेटिङ 'ए'को मान्यता पाएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित: ७ भाद्र २०७३ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App