coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कञ्चनपुरका थापा बसभित्रै मृत फेला

कञ्चनपुर – कञ्चनपुर महाकाली नगरपालिका–१ कञ्चभोजका ५० वर्षीय सुशील थापा बुधबार बसभित्रै मृत फेला परेका छन्।
 
कास्कीको पोखराबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८८४९ नं को बसभित्र उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। 

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रि«य निकुञ्जकोे अर्जुनी चेकपोष्टमा बसको बोनटमा सुतेका थापा चेकजाँचका क्रममा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो। थापा कास्कीको पोखरास्थित विद्युत् गृहमा मजदुरका रुपमा काम गरी घर फर्कंदै थिए। 

मृतक थापासँगै उनका दुईजना आफन्तसमेत रहे पनि मृत्यु भएको उनीहरुले समेत थाहा पाएका थिएनन्। थापा लामो समयदेखि क्षयरोगलेग्रस्त रहेको प्रहरीको भनाइ छ । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। 

प्रकाशित: १४ चैत्र २०७४ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App