coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२५ हजार घुससहित सशस्त्र प्रहरी रङ्गेहात पक्राउ

इनरुवा – सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–३ कप्तान्गञ्जबाट मंगलबार साँझ दुई सशस्त्र प्रहरी जवान घुससहित पक्राउ परेका छन्। 

अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी शाखाका प्रहरी उपरीक्षक किशोरसिंह थापाको नेतृत्वमा खटिएको टोलीले घुस रकम रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई घुस रकमसहित लक्ष्मी फेन्सी स्टोरबाट रङ्गेहात पक्राउ गरेको हो। 

भारतीय गाडीलाई नेपाल प्रवेशका लागि छोडेवापत रु २५ हजार रकम मागेकाले सो रकम दिन फेन्सी स्टोर पुगेको र विशेष सुराकीको आधारमा त्यहाँ आइपुगेका प्रहरी टोलीले पक्राउ गरेको अख्तियारका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक किशोरसिंह थापाले जानकारी दिए। 

सोमबार भारतीय गाडीलाई प्रवेश गराई दिएबापत रु २५ हजार माग गरेको र सो रकम मंगलबार दिने कबोल गरेपछि गाडीलाई प्रवेश गर्न दिइएको थियो। 

प्रकाशित: १४ चैत्र २०७४ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App