१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

छुट्टाछुट्टै दुर्घटनामा १ जनाको मृत्यु, २ घाईते

धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको छुट्टाछुट्टै ठाउँमा बुधबार भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन्।

गजुरी गाउँपालिका वडा नम्बर ६ बल्सीटारमा बसले पैदलयात्रुलाई ठक्कर दिदाँ एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ। मृतकको नाम ठेगाना खुलेको छैन।  महिलालाई ठक्कर दिएर बस भागेको स्थानीयले बताएका छन्। प्रहरीले बसको खोजी गरिरहेको छ।

त्यस्तै थाक्रे गाउँपालिका वडा नम्बर ७ सातकिलामा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिदाँ २ जना घाईते भएका छन्। काठमाडौंबाट महादेवबेसी तर्फ जादै गरेको बा ४ च ४०९३ नम्बरको एम्बुलेन्सले बा ४७ प ९५१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक सोही गाउँपालिकाका इन्जिनियर सविन घिमिरे र मोटरसाइकलको पछाडि बसेका दिवाकर रायमाझी घाईते भएका छन्। घाईतेहरुको धार्केमा उपचार भइरहेको छ।

प्रकाशित: १४ चैत्र २०७४ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App