६ वैशाख २०८१ बिहीबार
अर्थ

कर धेरै बढाएको भन्दै व्यवसायी विरोधमा

चितवन – भरतपुर महानगरपालिकाले कर दस्तुरमा भारी वृद्धि गरेको भन्दै चितवनका व्यवसायीले विरोध गरेका छन्। चितवन उद्योग वाणिज्य संघले मंगलबार कर धेरै बढाएकोमा विरोध गर्दै महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको हो।

कर वृद्धिको दर हेर्दा व्यवसायीले चित्त बुझाउने ठाउँ नै नरहेको संघका अध्यक्ष सहन प्रधान बताउँछन्। देशका अरु महानगरपालिकाले लिने करको दरसँग तुलना गर्दा भरतपुर महानगरमा कायम गरिएको दर धेरै भएको उनले बताए। ‘अरु चारवटा महानगरको करको दर मिल्दोजुल्दो छ,’ उनले भने, ‘यहाँ त काठमाडौं महानगरपालिभन्दा पनि बढी कर लगाएको देखियो।’

महानगरले गत पुस २४ गतेको नगरसभाबाट आर्थिक ऐन पारित गरेर नयाँ करको दर निर्धारण गरेको हो। नयाँ दर निर्धारण गर्दा पाँचदेखि दुई हजार प्रतिशतसम्म बढाइएको पाइन्छ। विगतमा १० रुपैयाँमा हुने निवेदन दस्तुरको सेवा शुल्क २५ रुपैयाँ, २५ रुपैयाँमा हुने नाता प्रमाणितको एक सय रुपैयाँ बनाइएको छ। 

पारिवारिक विवरण, जन्ममिति प्रमाणित, चारित्रिक प्रमाणित, खानेपानी जडान, नामसारी लगायत शीर्षकमा एक सय ९० रुपैयाँबाट दस्तुर बढाएर पाँच सय ७५ रुपैयाँ पु-याइएको छ। यसअघि एक हजार आठ सय तोकिएको सुनचाँदी व्यवसाय सञ्चालनको शुल्क २५ हजार र १५ हजार गरिएको छ । रेस्टुरेन्ट तथा होटलले पाँच सयदेखि १२ हजार रुपैयाँसम्म कर तिर्दै आएकोमा अहिले एक हजार पाँच सयदेखि एक लाख २५ हजार रुपैयाँसम्म कर शुल्क तोकिएको छ।

महानगरपालिकालाई आर्थिक रुपमा सबल बनाउनका लागि करको दर बढाउने प्रणाली वैज्ञानिक नरहेकाले विरोध गरेको संघका अध्यक्ष प्रधान बताउँछन्। विगतको करलाई शून्य मानेर बढाउँदा पनि यति धेरै मात्रामा बढाइनु उपयुक्त नरहेको उनको भनाइ छ।

करको दरमा ग्रामीण क्षेत्र भनेर राखिएपनि महानगरमा कुन ठाउँलाई ग्रामीण क्षेत्र मानिएको हो त्यसबारे पनि प्रष्ट हुन नसकिएको उनले बताए। चार महानगरपालिकाको करको दरसहित ज्ञापनपज्ञ बुझाएको संघले दर परिमार्जन गरिदिन महानगरपालिकालाई अनुरोध गरेको छ। 

यसैबीच, करको दर वृद्धिबारे संघले ज्ञापनपत्र बुझाउँदै छ भन्ने जानकारी पाएर समाचार संकलन गर्न महानगरपालिका पुगेका पत्रकारलाई महानगरपालिकाका पदाधिकारी तथा कर्मचारीले दुव्र्यवहार गरेका छन्। ‘कसले बोलाएर आएको, बैठकमा बस्न पाइँदैन, निस्क्नुस्’ भन्दै पत्रकार माथि दुव्र्यवहार गरिएको थियो।

प्रकाशित: १४ चैत्र २०७४ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App