८ वैशाख २०८१ शनिबार
खेल

एपिएफलाई हराउँदै सुनौलो संगम सेमिफाइनलमा

बलमा प्रतिस्पर्धा गर्दै सुनौलो संगम र एपिएफका खेलाडी। तस्बिरः नागरिक

बुटवल – विभागीय टोली एपिएफ क्लबलाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै सुनौलो संगम क्लब मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा सुनौलोले एपिएफलाई पेनाल्टी सुटआउटमा ३—१ गोलअन्तरले  पराजित गरेको हो।

निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि १५ मिनेट थपिएको थियो। यस समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउमा धकेलिएको हो।

पेनाल्टीमा सुनौलोका आशिष गुरुङ, सुरज हमाल र जनक कार्कीले जाली चुमाए भने अजित थापा र पूर्णबहादुरले हानेको बल किपरले रोकिदिए। पेनाल्टीमा एपिएफका नवीन लामाले मात्र गोल गर्न सके । रमेश दंगाल, मिलन राई  र  रवि थिङका प्रहारलाई सुनौलोका किपरले बचाए।

त्यसअघि खेलको ४४ औं मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए । तर खेलको ५४औं मिनेटमा सुनौलो संगमका अमृत गुरुङले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा पुर्याए । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२औं मिनेटमा डी एरियाभित्र दुवै टिमका खेलाडीबीचमा रुमल्लिइरहेको बललाई एपिएफका युवराज खड्काले निकै आकर्षक तरिकाले गोल गरेका थिए । २—१ को अग्रताले हौसिएको एपिएफका खेलाडीको खुसी धेरैबेर टिकेन।

एपिएफका खेलाडीको ह्यन्ड भएपछि सुनौलोले पेनाल्टी पायो । २९औं मिनेटमा सुनौलोका आशिष गुरुङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याए । निर्धारित ९० मिनेटसम्म बराबरी भएपछि १५ मिनेट थपियो तर सो समयमा पनि गोल हुन सकेन । मंगलबारको खेलमा सुनौलोका नीतिन थापा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरे । बुधबारको खेल थ्री स्टार क्लब र मलेसियाली टिम द हिमालयन एफसीबीच हुनेछ।

प्रकाशित: १४ चैत्र २०७४ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App