८ वैशाख २०८१ शनिबार
विचार

महावैज्ञानिकसँगको साक्षात्कार

संसारमा सबैभन्दा पारदर्शी क्षेत्र मानिन्छ विज्ञान। वैज्ञानिकको वजन उसको आविष्कारमार्फत मापन गरिने भएकाले विज्ञानलाई निष्पक्ष विषय भनिन्छ। सर्वोत्कृष्टअन्वेषण गर्ने व्यक्तिले सम्बन्धित क्षेत्रको नोवल पुरस्कार पाउँछ। तर संसारमा केही व्यक्तियस्ता पनि छन् जसले विज्ञानका लागि उल्लेख्य लगानी गरेका त हुन्छन् तर उनीहरु नोवल पुरस्कारको हकदार भने हुँदैनन्। त्यसै क्षेणीमा पर्ने वैज्ञानिक हुन् हालै दिवंगत भएका ब्रिटिस वैज्ञानिक स्टेफिन हकिड। 

सन् २००९ मा अनुसन्धानकर्ताका रूपमा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्याल्टेक) प्रबेश गर्दायस पंक्तिकारको कर्मस्थान रशायनशास्त्र विभागमा तीनजना नोवल पुरस्कारबाट विभूषित प्राध्यापक थिए। केही वैज्ञानिक भने उक्त पुरस्कारको प्रतीक्षामा देखिन्थे । अमेरिकी विश्वविद्यालयमध्येको सर्वाधिक प्रतिव्यक्ति नोबल लौरियटस् उत्पादन गर्ने संस्थाहो क्याल्टेक। दुई सय प्राध्यापक र दुई हजार अनुसन्धानकर्ता रहेको सानो अनुसन्धान संस्था क्याल्टेकको हकमा अर्थशास्त्रीअर्नस्ट सुमेकरको ‘स्मल इज बिउटिफुल’ भन्न पुस्तककोपुतरावृत्ति हुन्छ नै। प्रतिवर्ष ५–७ जना नोबल पुरस्कार प्राप्त अनुसन्धानकर्तासहित दर्जनौँ ख्यातिप्राप्त वैज्ञानिक आफ्नो उपलब्धिलाई निखार्न आउँछन् त्यहाँ। त्यसै क्रममा दर्जनौँ नोवल पुरस्कार प्राप्त वैज्ञानिकहरूसँग भलाकुसारी गर्ने अवसर प्राप्त भयो त्यहाँको बसाइँमा। त्यसै क्रममा साक्षात्कारको अवसर प्राप्त भएका दुई वैज्ञानिक स्टिफिन हकिङ र म्यासाच्युसेटस् इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)का प्राध्यापक एरिक ल्यान्डरको चर्चा सान्दर्भिक हुने ठहर गरेँ। 

अहिलेसम्मको सबैभन्दा प्रभावशाली तथा तीक्ष्ण बुद्धि भएका वैज्ञानिक मानिन्छन्अल्बर्ट आइन्सटाइन। आइन्सटाइनको सापेक्षवादको सिद्धान्तले विज्ञानको परम्परावादीसोचमा व्यापक परिवर्तन ल्यायो। सैद्धान्तिक भौतिकशास्त्रका पिता आइन्सटाइनले फोटो इलेक्ट्रिक क्षेत्रमा उल्लेख्य योगदान गरेबापत सन् १९२१ मा फिजिक्सको नोवल पुरस्कार दिइयो। तर उनले सैद्धान्तिक गणितीय विश्लेषणपछि दिएका विज्ञानसँग सम्बन्धितकैयौँ अभिव्यक्तिले भविष्यका अनुसन्धानकर्ताकालागि नयाँ खुराक दियो। उदाहरणका लागि आइन्सटाइनले सन् १९१६ मा (ग्राभिटेसनल वेभ)गुरुत्वाकर्षण तरड्गको अस्तित्व रहेको बताए। ब्रह्माण्डमा बडेमानका तारापुञ्जहरू एकापसमा विलय हुँदा पैदा हुने तरंगलाई गुरुत्वाकर्षण तरंग भनियो। उपयुक्त उपकरणको अभावकाकारण उनको उक्त अनुमानलाई त्यसबखत पुष्टि गर्न सकिएन। पछिल्ला दिनमा सयौँ वैज्ञानिकहरु गुरुत्वाकर्षण तरंगको बहुआयामिक अनुसन्धानमा लागे। परिणामस्वरूप आइन्सटाइनले शताब्दीअघि प्रतिवादन गरेको सिद्धान्त प्रयोगात्मकरूपमै पुष्टि भयो। गत वर्ष भौतिकशास्त्रको नोबल पुरस्कार गुरुत्वाकर्षण तरंग उत्खनन गर्ने वैज्ञानिकहरूलाई दिइयो। 

कुनै पनि साइन्टिस्टले नोबल पुरस्कार पाउन उसको सिद्धान्तको प्रयोगात्मक विधिमार्पmत आधिकारिता जाँच आवश्यक हुन्छ। त्यसैले यो जन्ममा उनले नोबल पुरस्कार पाएनन् तर आइन्स्टाइनपछि सर्वाधिक पुजनीय वैज्ञानिक भने बने हकिङ।

वैज्ञानिकले नवीन प्रयोग गर्छ र पृथक सिद्धान्तमार्पmत मानव कल्याणमा योगदान गर्छ। तर केही महामानवले विज्ञानको परम्परागत सिद्धान्तलाई पृथक ढंगले व्याख्या गर्छन् अनि साइन्सका आधारभूत मान्यतामा कायापलटको मार्ग देखाउँछन्। नवीन आविष्कारमार्पmत आइन्स्टाइन आफूले मात्र उच्च सम्मान पाएनन्, बरु अन्य कैयौँ अनुसन्धानकर्ताकालागि नोवल पुरस्कार योग्य काम गर्न बाटो देखाए। 

आइन्सटाइनकै श्रेणीमा अर्का महामानव देखिए, स्टिफिन हकिङ। सूर्यभन्दा अत्यधिक ठूला ग्रहहरू एकापसमा मिसिँदा पहिलेभन्दा अत्यधिक गुरुत्वाकर्षण शक्ति र घनत्व भएको अर्को पिण्डको जन्म हुन्छ। त्यसलाई ब्ल्याक होल्स नामांकन गरियो। माथि फालेको भकुण्डो पृथ्वीमा खसेभँैm अत्यधिक गुरुत्वाकर्षण शक्ति भएका कारण साना पिण्डहरू ब्ल्याक होल्सको प्रभाव क्षेत्रमा पुग्दा यति जोडले त्यहाँ बजारिन्छन्कि तिनीहरू त्यहीँ लिन हुन पुग्छन्। भौतिक वस्तुमात्र होइन,उज्यालो प्रकाशसमेत ब्ल्याक  होलको पहुँच इलाकाभन्दा माथि जान सक्दैन। जसले गर्दा ब्ल्याक होल्सहरू सधै अन्धकारमय हुन्छन्। त्यसैले अँध्यारो पिण्डको थप अध्ययन असम्भव रहेको खगोलशास्त्रीको निष्कर्ष थियो। तर डा. हकिङले आइन्सटाइनको सापेक्षवादको सिद्धान्त, क्वान्टम थ्यौरी तथा थर्मोडायनामिक्सका क्लिस्ट सिद्धान्तको सूक्ष्म अध्ययनपछि ब्ल्याक होल्सको परिस्कृत अवधारणा सार्वजनिक गरे। सामान्य प्रकाशका लागि सहज नभए पनि ब्ल्याक होल्सबाट विकिरण भने सहजै बाहिरिन सक्ने निचोड निकाले उनले। त्यसैले अदृश्य ज्योतिको सहायताले बाह्य ब्राह्माण्डको अध्ययन गर्न सकिने प्राध्यापक हकिङले निष्कर्ष निकाले। उक्त विकिरणलाई हकिङ रेडियसन नामांकन गरियो। हकिङले प्रतिपादन गरेको ब्ल्याक होल्ससम्बन्धी सिद्धान्तको आधिकारिकताको पुष्टि गर्न तत्काल उपलब्ध वैज्ञानिक उपकरणले सम्भव छैन। गुरुत्वाकर्षण तरंगझै हकिङ ठीक थिए भन्न अर्को सय वर्ष कुर्नु नपर्ला भन्न सकिन्न। कुनै पनि साइन्टिस्टले नोबल पुरस्कार पाउन उसको सिद्धान्तको प्रयोगात्मक विधिमार्फत  आधिकारिता जाँच आवश्यक हुन्छ। त्यसैले यो जन्ममाउनले नोबल पुरस्कार पाएनन् तर आइन्स्टाइनपछि सर्वाधिक पुजनीय वैज्ञानिक भने बने हकिङ। 

ब्ल्याक होल्सका सम्बन्धमा उत्कृष्ट सिद्धान्त प्रतिपादन गरेका हकिङ ब्रह्माण्ड विज्ञानको पटक्कै ज्ञान नभएका सर्वसाधारणबीच समेत उत्तिकै परिचित देखिन्छन्। नसासम्बन्धी रोगले जीर्ण हुँदाहुँदै पनि ब्रह्माण्डको उत्पत्ति तथा खगोलको सम्भाव्य भविष्यलगायत आफ्ना अनुसन्धानात्मक निचोडलाई सर्वसाधारणले सहजै बुझ्नेगरी पुस्तकमा उतारे प्राध्यापक हकिङले। सन् १९८८ मा प्रकाशित उनको पुस्तक ‘ए व्रिफ हिस्ट्री अफ दाइम’ धेरै वर्षसम्म संसारकै सर्वाधिक बिक्री भएको पुस्तकका रूपमा मात्र देखा परेन, बरु विज्ञानका क्लिष्ट आविष्कारलाई समेत सबैले बुझ्नेगरी सहजरूपमा उतार्न सकिन्छ भन्ने मान्यता विकास गरे। एक मित्रको सौजन्यमा यस पंक्तिकारले समेत उक्त पुस्तक छापिएकै साल पढ्ने अवसर पायो। व्यक्त भएका वैज्ञानिक निचोडले मुग्ध भएका बखत पुस्तकका लेखक रोगका कारण मुहारबाहेक शरीरको कुनै पनि अंग चलाउन असमर्थछन् भन्ने जान्दा उनको दर्शन पाउन ब्यग्र थियो यो पंक्तिकार। नियतिले प्राध्यापक हकिङसँग भेट्ने मौका जुरायो, क्याल्टेकमा कार्यरत रहँदा। 

शारीरिकरूपमा अशक्त मानिसले इच्छाशक्ति भए जे पनि गर्न सक्छ भन्ने पर्यायवाची प्राध्यापक हकिङ हुन् भने एक ब्यक्तिले के/कति विषयमा दक्षता हासिल गर्न सक्छ भन्ने उदाहरण थिए डा. ल्यान्डर। वर्तमान पुस्ताले यी दुई महान् हस्तीको जीवनगाथालाई स्मरणमात्र पनि गर्ने हो भने संसारलाई अझ राम्रो र सुरक्षित बनाउन नसकिने होइन। 

न् १९७४ मा वरिष्ठ अनुसन्धानकर्ताको हैसियतले क्याल्टेकमा एक वर्षलामो अनुसन्धान गरीब्ल्याक होल्ससम्बन्धी निचोड निकालेका हकिङका लागि उक्त संस्था अर्को अनुसन्धान स्थल थियो। पछिल्ला चार दशकदेखि प्रत्यक वर्ष एक महिना अनुसन्धानात्मक सहकार्यका लागि  क्याल्टेक आउँथे उनी। त्यतिमात्र होइन,पासाडिनामा बसुन्जेल उनी नियमित विद्यार्थी जस्तै दैनिक ल्याब आउँथे, छलफल गर्थे। लामो संगत गरेका सहकर्मीहरूले उनको मुहारबाट उनको मनको कुरा बुझ्ने अनि सम्भव नभएका कुरा उनले विशेष किसिमको कम्प्युटरको सहायताले लेखेर बताउँथे। त्यतिमात्र होइन, उनी क्याल्टेकका अन्डर ग्र्याजुयटहरूको भान्सामा गएर खाने तथा कार्यक्रममा सहभागिता जनाउन पनि भ्याउँथे। यस पंक्तिकारले लस एन्जलस इलाकामा ५ वर्ष बिताउँदा दर्जनौँ पल्ट उनीसँग जम्काभेटको अवसर जु¥यो भने दुईपटक उनको प्रस्तुति हेर्ने अवसर मिल्यो। यद्यपि अभिवादनसमेत फर्काउन नसक्ने हकिङसँगको जम्काभेट पशुपति नाथको दर्शनभन्दा खासै फरक रहेन। 

सन् २०११को जनवरीमा प्रा हकिङले २ वटा प्रस्तुति दिने भए क्याल्टेकमा। त्यसमध्येको एउटा कार्यक्रम क्याल्टेक समुदायका लागि परिलक्षित थियो भने अर्को सर्वसाधारणका लागि खुला गरियो। क्याल्टेक समुदायका लागि दिइएको प्रस्तुति संयमित भए पनि सर्वसाधारणका लागि आयोजित कार्यक्रम भने अत्यधिक भिडका कारणअनियन्त्रित भयो। ११ सय क्षमताकोअडिटोरियममा प्रबेश गर्नकालागि किलोमिटरौँ लामोे लाइनमा पंक्तिबद्ध भएर सर्बसाधारण उभिएका थिए। त्यत्रा मानिसलाई हलमा अटाउन नसक्ने भएपछि क्याल्टेकले उक्त कार्यक्रम विभिन्न स्थानमा प्रोजेक्टरमार्पmत लाइभ प्रशारण ग¥यो। त्यस प्रस्तुतिमा उनले आफ्नो जीवनी समेटेका थिए। प्रतिकूल अवस्था हुँदाहुँदै पनि एक निष्ठावान मानिसले कसरी आफ्नो लक्ष्य भेदन गर्न सक्छ भन्ने सम्बन्धमा त्यो कार्यक्रम निकै हौसलादायी थियो। 

पछिल्लो वर्ष उनले ‘आउट अफ ए ब्ल्याक होल’ भन्ने विषयमा आफ्नो अनुसन्धान समेटेर प्रस्तुति दिए। उक्त प्रजेन्टेसन भने निकै स्तरीय थियो। ब्ल्याक होलका सम्बन्धमा उनले गरेको अनुसन्धान बुझ्ने अवसर प्राप्त भयो। हकिङको प्रस्तुतिपछि प्रश्नोत्तरको अवसर पनि प्राप्त हुन्थ्यो तर त्यसको उत्तर भने ठीक र बेठीकभन्दा अन्यत्र हुनु नहुने बाध्यता थियो। शरीरको कुनै पनि अंग नचल्ने भएकाले उनकालागि तत्कालै जवाफ फर्काउन सम्भवथिएन। उनले परेला झिम्क्याउँदा ठीक र आँखा नचलाउँदा बेठीक मान्नुपर्ने हुन्थ्यो। यद्यपि केही दिनअघि नै इमेलमार्फत सोधिएका प्रश्नको जवाफ भने उनले विश्लेषणात्मक रूपले नै दिने गर्थे। अध्ययन गर्दागर्दैै स्नायुसम्बन्धी रोगले पीडित भएर डाक्टरले केही वर्षमात्र बाँच्ने उद्घोष गरेका व्यक्तिले व्रह्माण्डको अध्ययनलाई नवीन दिशा प्रदान गर्ने अनुसन्धान गर्नुभन्दा ठूलो आश्चर्य संसारमा के हुन सक्ला?

त्यसै क्रममा राष्ट्रपति ओवामाका सल्लाहकार समूहका सहअध्यक्ष एवम् एमआइटीका प्राध्यापक एरिक ल्यान्डरसँग भएको भेटसमेत आफ्ना लागि  स्मरणयोग्य रह्यो। नोबल पुरस्कार विजेता क्याल्टेकका प्राध्यापक अहमद जबेलले सञ्चालन गरेको उक्त कार्यक्रममा मानिसको आणविक पदार्थ, डिएनएको उत्खननमा भएको प्रगति एवम् उक्त अध्ययनले क्यान्सर जस्तो रोगको इलाजमा कसरी सहयोग गर्छ भन्ने विषयमा उनले बृहत्तर प्रस्तुति दिए। ह्युमन जिनोम प्रोजेक्टको अग्रज भन्नेमात्र थाहा भएको आफ्ना लागि कार्यक्रमको प्रारम्भमा दिइएको उनको परिचयसमेत विश्वास गर्न कठिन बन्न पुग्यो। गणितमा विद्यावारिधि गरेका ल्यान्डरले हार्वार्ड बिजनेस स्कुलमा अर्थशास्त्र पढाउँथे भने एमआइटीमा दर्जनौँ अनुसन्धानकर्तालाई बायोलोजीका विविध आयाममा अनुसन्धानको सुपरीवेक्षण गर्थे। हिसाब पढेको मानिस, अर्थशास्त्र पढाउने अनि बायोलोजी ल्याबको मुख्य अनुसन्धानकर्ताको दायित्व एकैसाथ कसरी निर्वाह गर्छ भन्ने आफ्नो प्रश्नका सम्बन्धमा डा ल्यान्डरले मानिसको दिमाग कम्प्युटरको हार्डडिस्क जस्तो भरिने प्रकृतिकोनभएकाले फरक फरक विधामा एकैपटक हात हालेरसमेत उत्तिकै सफलता हासिल गर्न सकिने निचोड आयो। गणितमा विद्यावारिधि गरेपछि रोगलाग्नुको मुख्य कारण आणुवाशिक पदार्थ, जिनमा, आउने खराबी भन्ने बुझेपछि स्वअध्ययनमार्पmत बायोलोजीका अध्ययन गरेका डा. ल्यान्डर अहिले क्यान्सरको ओखती पत्ता लगाउन तल्लीनछन्। 

शारीरिकरूपमा अशक्त मानिसले इच्छाशक्ति भएजे पनि गर्न सक्छ भन्ने पर्यायवाची प्राध्यापक हकिङ हुन् भने एक ब्यक्तिले के÷कति विषयमा दक्षता हासिल गर्न सक्छ भन्ने उदाहरण थिए डा. ल्यान्डर। वर्तमान पुस्ताले यी दुई महान् हस्तीको जीवनगाथालाई स्मरणमात्र पनि गर्ने हो भने संसारलाई अझ राम्रो र सुरक्षित बनाउन नसकिने होइन।

प्रकाशित: १३ चैत्र २०७४ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App