coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एनसेल टावरमा आक्रमण जारी राख्ने चन्द माओवादीको चेतावनी

कार्यक्रम सम्बोधन गर्दै पार्टीका जनकपुर ब्यूरो इन्चार्ज पुन ।

जनकपुर–नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘सामना साँस्कृतिक कार्यक्रम सहितको एकीकृत जागरण अभियान’ सुरु गरेको छ।
मंगलबार जनकपुरमा जनयुद्धकालीन सशस्त्र संघर्षमा होमिने गीत–संगीत र नृत्य प्रदर्शन गर्दै पार्टी कार्यकर्ताले सर्वसधारणलाई हौस्याएका छन्। मध्य जनकपुरको जनक मन्दिर परिसरमा आयोजित साँस्कृतिक कार्यक्रमले मुक्तिका लागि एक पटक फेरि पनि लड्नुपर्ने आवश्यक्ता औल्याइरहेको थियो।
कार्यक्रमको सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य एंव जनकपुर ब्यूरो (धनुषा, सिरहा, महोत्तरी, सर्लाही र सिन्धुली) इन्चार्ज ओमप्रकाश पुनले आफूहरुले भ्रष्ट–दलाल नेता, व्यक्ति र एनजिओलाई कारवाही जारी राख्ने बताउँदै राज्यले दमन गरे समानान्तर सेना, सत्ता र न्यायलय खडा गरी अघि बढ्ने चेतावनी दिए।
यो मुलुकमा देश टु    क्र्याउने र मधेसलाई भारतमा मिलाइ दिने राष्ट्रघातक भाषण दिनेलाई सरकारले स्कर्टिङ गरिरहेको भन्दै पुनले आफूहरु समाजका भ्रष्ट, दलाल र देशद्रोहीलाई कारवाहीको कुरा गर्दा जेल हालिरहेकाले धेरै दिनसम्म सहेर नबस्ने चेतावनी दिए । यो अभियानमा आफूहरुलाई सेना, प्रहरी र कर्मचारी वृत्तमा पनि सहयोग गर्ने समूह रहेको उनको दाबी थियो ।
एनसेलले तिर्नुपर्ने कर राज्यलाई नतिरेसम्म उसको टावरमा आक्रमण जारी राख्ने जिकिर गर्दै उनले जति कार्यकर्ता पक्राउ गरिएपनि आफूहरु विचलित नहुने बताए ।
माओवादी सशस्त्र द्वन्द्वमा रहेको बेला राज्यको सुरक्षा निकायउपर आक्रमण सफल हुँदा राजाबाट प्रताडित तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइराला, कृष्ण सिटौला, एमालेका माधव नेपाल, वामदेव गौतमहरुले बधाई सन्देश पठाउने गरेको स्मरण गर्दै पुनले अहिले तिनै पार्टीहरु जनताप्रतिको इमान्दारिता गुमाउँदा संक्रमणकाल लम्बिदै गएको बताए ।
देश विकासको योजना र भूकम्प पीडित समुदायको पुनस्र्थापना जस्ता जनहितको मुद्दामा ठूला दल नराम्ररी विभाजित भएको उल्लेख गर्दै उनले नेता र सांसदको सुविधा, भत्ता वृद्धि गर्दा सहजै सहमति हुनेगरेकोप्रति आक्रोस पोखे । समग्रमा यतिबेला राष्ट्रिय राजनीतिमा देश लुट्नेको जमात बलियो भएको उनको आरोप थियो ।
पार्टीले विभिन्न ३५ बुँदे विषयमा ध्यानाकर्षण गराउँदै मंगलबारै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ। हाल विभिन्न मुद्दामा थुनाभित्र रहेका पार्टी कार्यकर्ताको रिहाइदेखि नेपालमा खोलिएका सम्पूर्ण भारतीय कम्पनीमा नेपाली कामदार मात्र राख्न व्यवस्था हुनुपर्ने लगायत माग ज्ञापनपत्रमा उल्लेख छ ।  

 

प्रकाशित: ७ असार २०७३ १२:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App