नेपालमा अन्तरार्ष्ट्रिय वैज्ञानिक सम्मेलन, नोबेल पुरस्कार विजेता अाउने

मङ्गलबार, ०७ भदौ २०७३, ०७ : ३३ नागरिक

काठमाडौं- विश्वका करिब ४० देशका १५० वैज्ञानिक सहभागी हुनेगरी असोज पहिलो साता नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ। नेपालको त्रिभुवन, बेलायतको लिभरपुल, जापानको तोकोकु विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा वैज्ञानिकको संलग्नतामा क्वजिआइक्रिस्टलमाथि अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो।

रसायनशास्त्रका नोबेल पुरस्कार विजेता डानियल सेक्टमानको सहभागिता निश्चित भएकोे सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक एवं बेलायतको लिभरपुल विश्वविद्यालयका प्राध्यापक डा. हेमराज शर्माले बताए। सम्मेलनमा भौतिकशास्त्र, रसायनशास्त्र, गणित तथा इन्जिनियरिङ विषयका १ सय १० भन्दा बढी कार्यपत्र पेस हुनेछन्।

क्वजिआइक्रिस्टल केन्द्रित भएर दक्षिण एसियामा हुन लागेको यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन हो। अमेरिका, फ्रान्स, चीन, जापान, जर्मनी, स्विट्जरल्यान्ड, मेक्सिको, पोल्यान्ड र भारतमा यसअघि यो सम्मेलन भइसकेको छ।

पदार्थ विज्ञानअन्तर्गतको क्वजिआइक्रिस्टल विशिष्ट खालको ठोस पदार्थ हो। यसमा सामान्य किसिमका क्रिस्टलभन्दा फरक किसिमले अणु संयोजन भएको हुन्छ। यसको उपयोग पछिल्लो समय खाना पकाउने भाँडामा भएको छ। पकाउने क्रममा क्वजिआइक्रिस्टल कोटिङ गरिएको भाँडामा खाना नटाँसिने हुन्छ। बोलीचालीको भाषामा यस्ता भाँडालाई ननस्टिक भनिन्छ।

हल्का, बलियो र विशिष्ट खालको क्वजिआइक्रिस्टल विमान निर्माणमा सबैभन्दा उपयुक्त हुनसक्ने वैज्ञानिक परिकल्पना छ। यसको उपयोग विमानको बाहिरी भागमा हुनसक्ने विषयमाथि अनुसन्धान भइरहेका बेला यही विषय केन्द्रित भएर नेपालमा सम्मेलन हुन लागेको हो।

नोबेल पुरस्कार बिजेता अाउने

सम्मेलनमा रसायनशास्त्रका नोबेल पुरस्कार विजेता डानियल सेक्टमानले सहभागिता जनाउने छन्। सेक्टमानको सहभागिता निश्चित भएकोे सम्मेलनका अन्तर्राष्ट्रिय संयोजक एवं बेलायतको लिभरपुल विश्वविद्यालयका प्राध्यापक डा. हेमराज शर्माले बताए।

सेप्टेम्बर १८ देखि २३ सम्म चल्ने सम्मेलनमा भौतिकशास्त्र, रसायनशास्त्र, गणित तथा इन्जिनियरिङ विषयका १ सय १० भन्दा बढी कार्यपत्र पेस हुनेछन्।

सम्मेलनको उद्‌घाटन सत्र काठमाडौं विश्वविद्यालय (केयु) धुलेखलमा हुनेछ। नेपाली विद्यार्थी तथा वैज्ञानिकहरु लाभान्वित हुन सकुन भनेर उद्‌घाटन सत्रपछि केयुमै कार्यशाला राखिएको छ। 'सम्मेलनबाट नेपाली विद्यार्थी, अनुसन्धानकर्ता वैज्ञानिकहरुले सम्मेलनबाट प्रत्यक्ष अप्रत्यक्ष लाभ लिन पाउनेछन्', शर्माले नागरिकन्युजसँग भने।

सम्मेलनबाट स्थानीय वैज्ञानिक तथा युवाहरु लावान्भित हुन सकुन भनेर सम्मेलनको पहिलो दिन काठमाडौ विश्व विद्यालयका यूवा वैज्ञानिकहरुका लागि कार्यशाला आयोजना गरिने जानकारी उनले जानकारी दिए।

दोस्रो दिनदेखिका सत्रहरु धुलिखेल रिसोर्ट एन्ड लजमा सञ्चालन हुनेछन्। सेप्टेम्बर २१ मा नोबेल पुरस्कार विजेता डानियल सेक्टमानले त्रिभुवन विश्वविद्यालयको प्रेक्षालयमा सार्वजनिक प्रवचन दिनेछन्। सम्मेलनबाट नेपालका विद्यार्थी तथा वैज्ञानिकहरु लाभान्वित हुने शर्माले जनाए।

विश्वका विभिन्न मुलुकबाट अाउने सहभागीले भूकम्पपछि नेपालको पर्यटन सुरक्षित रहेको सन्देश समेत फैलाउने विश्वास आयोजकको छ। यो बाहेक सम्मेलनले गैरअावासीय नेपाली वैज्ञानिकहरुको साझा सञ्जाल निर्माणको पहल थाल्नेछ। डा.शर्माले  सञ्जालले नेपालका वैज्ञानिक तथा संस्थाहरुसँग मिलेर नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा काम गर्ने लक्ष्य राखेको सुनाए।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad