८ वैशाख २०८१ शनिबार
समाज

क्रेडिट कार्ड डिट्यल्स चोरेर महँगा स्मार्टफोन किन्ने पक्राउ

काठमाडौं—विदेशीको ‘क्रेडिट कार्ड डिटेल’ चोरेर अनलाइन किनमेल गर्ने बागलुङ गलकोट–९ का तेजिन्द्र केसीलाई बुद्धनगरबाट प्रहरीले आज सार्वजनिक गरेको छ।

गत जेठदेखि पटक पटक गरी हिमालयन बैंकबाट अनलाइन भुक्तानी सुविधा लिएका न्युरोटिक नेपाल प्रालि न्युरोड तथा जावलाखेल शाखाबाट जापानीका नाममा जारी क्रेडिट कार्डको नं. प्रविष्ट गरी सामसुङ, हुवावे र लेनोभो ब्रान्डका महँगा मोबाइल अनलाइन खरिद गरी ठगी गरेका केसीलाई यही भदौ १ गते पक्राउ गरिएको थियो।

केसीलाई जापानमा बस्ने नेपाली साथीले जापानीको क्रेडिट कार्डको क्रेडिट नं. लगायत डिटेल भाइबर मार्फत पठाएको र सोही ‘क्रेडिट डिटेल’को प्रयोग गरी अनलाइन भुक्तानी गरी विभिन्न ब्रान्डको मोबाइल खरिद गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

केसीले जापान पठाइदिन्छु भनेर तथा विभिन्न प्रलोभनमा विभिन्न व्यक्तिबाट रकम ठगी गरेको समेत बुझिएकाले उनीबाट कोही ठगिएर पीडित भएको भए ब्युरोमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ। रासस

 

प्रकाशित: ६ भाद्र २०७३ १४:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App