नेपथ्यले एटलान्टामा प्रस्तुति दिने

मङ्गलबार, ०७ असार २०७३, १६ : ३९

काठमाडौं— गत वर्ष अमेरिका यात्राको क्रममा न्यूयोर्कको प्रसिद्ध ‘म्यानहटन सेन्टर’को ह्यामर्सटाइन बलरुमलाई तताएर फर्किएको नेपथ्यले यो वर्ष एटलान्टाको ‘सेन्टरस्टेज’मा प्रस्तुति दिने भएको छ। अमेरिकाको दक्षिणी भेगतर्फ पाइला चाल्ने नेपाली लोक रक टोली नेपथ्य एएनए (एशोशिएसन अफ दि नेपलीज इन दि अमेरिकाज्) सँगको सहकार्यमा प्रस्तुतिका लागि तयार भएको हो। सहरकै प्रसिद्ध हलमा नेपथ्यले आगामी जुलाइ २ तारिखका दिन नेपाली भाका घन्काउनेछ।

सहरको आफ्नै ओपेरा, ब्याले र सिम्फोनी अर्केष्ट्रा विकास गर्न भ्याइसकेको एटलान्टा अमेरिकाकै एक मुख्य साँस्कृतिक एवं आर्थिक केन्द्रका रुपमा परिचित छ। ११ वर्षअघि एरिजोनाको फिनिक्समा आयोजित एएनए अधिवेसनमा कन्सर्ट देखाउन टोली त्यता पुगेको थियो। त्यसपछि एएनएसँग नेपथ्यको यो दोस्रो सहकार्य हो।

‘नेपथ्यलाई फेरि पनि अमरिकामा निम्त्याउन पाउँदा खुशी लागेको छ,’ एएनएका उपाध्यक्ष एवं यस वर्षको सम्मेलन आयोजक समितिका प्रमुख डा. शम्भुप्रसाद ढुंगाना भन्छन्, ‘नेपथ्यलाई सुहाउँदो मञ्चदेखि लिएर टोलीको प्राविधिक आवश्यकतासमेतको सक्दो व्यवस्थापन गर्दै स्तरीय प्रस्तुतीको बन्दोबस्त मिलाएका छौं।’

गत वर्ष अमेरिका यात्रामा गएको नेपथ्य बाँकी सहरमा आयोजनाका निम्ति स्तरीय तयारी नभेटेको भन्दै न्यूयोर्कको प्रस्तुतीलगत्तै फर्किएको थियो।

‘त्यतिबेला अमेरिकाको दक्षिणी भेगमा बसोबास गर्ने थुप्रै नेपथ्यप्रेमीले चित्त दुःखाउनुभएको थियो,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपाला उहाँहरुमै समर्पित रहेर नेपथ्य जोडदार रुपमा प्रस्तुत हुनेछ।’

अढाइ दसकदेखि नेपथ्यलाई सुन्दै हुर्किएका नेपाली तन्नेरीहरुको विस्तार संसारभर भएजस्तै अमेरिकामा अझ ब्यापक छ। त्यसैगरी स्वदेशमा जस्तै विदेसमा पनि यतिबेला नेपालीहरु आपसका विभिन्न कारण देखाएर अलग हुने प्रवृत्ति बढिरहेको बेलामा उनीहरुलाई नेपालीपनको धुनले जोड्नु नै आफ्नो अमेरिका यात्राको मूल उद्देश्य रहने नेपथ्यका मुख्य गायक एवं टोलीका अगुवा अमृत गुरुङ बताउँछन्।

‘नेपाली नेपाली बीचको सकारात्मकता पहिल्याउँदै उनीहरुलाई जोड्ने प्रयास मैले सुरुदेखि देसभित्र वा बाहिर गर्दैआएको छु,’ गुरुङ भन्छन्, ‘मसँगसँगै मेरो म्युजिक फर युनिटीको आव्हानले पनि अमेरिका यात्रा गर्नेछ ।’

उहिलेदेखि नेपथ्यलाई सुन्दैआएका दर्शकहरुमा संगीत ग्रहण गर्ने स्तरको विकास सँगसँगै नेपथ्यलाई पनि प्राविधिक हिसाबले माथि उठाउँदै लैजानु अनिवार्य भएको यस टोलीलाई व्यवस्थापन गर्दैआएको नेपालयका श्रेष्ठको बुझाइ छ।

‘चाहे नेपाल भित्र होस् वा वाहिर, हामी आयोजनास्थलदेखि लिएर प्राविधिक गुणस्तरसम्ममा सम्झौता गर्दैनौं,’ नेपालयका श्रेष्ठ भन्छन्, ‘प्रस्तुतिको स्तरलाई माथि उठाउनु नै हाम्रो मुख्य संघर्ष भएकाले कतिपय स्थानका श्रोताहरु समक्ष वाचा गरेर पनि हामी एकाएक रोकिनुपर्ने हुनसक्छ।’ एक वर्ष ढिलो भए पनि अमेरिकाको दक्षिणवर्ती भेगमा बसोबास गर्ने श्रोता दर्शकसम्म पुग्न सफल भएकोमा खुशी लागेको उनले बताए ।

कार्यक्रम प्रस्तुतीका निम्ति जुनको तेश्रो साता अमेरिका पुग्ने नेपथ्यले २५ जुनका दिन ओर्लिएको सहर लस एन्जलसमा पनि प्रस्तुति दिनेछ। ‘फ्रेण्ड्स अफ नेपाल’को आयोजनामा त्यहाँस्थित बर्नम हलमा पहिलो कन्सर्ट आयोजना हुनेछ। संस्थाका अध्यक्ष मुकुन्द ढुंगानाका अनुसार कार्यक्रमका निम्ति सम्पूर्ण तयारी भइसकेको छ।

एटलान्टाको कार्यक्रम भने एएनएको २०१६ सम्मेलनकै एक हिस्सा हो।

‘यी दुवै सहरमा नेपथ्यले पहिलोपटक आफूलाई प्रस्तुत गर्न लागेको हो,’ गायक गुरुङ भन्छन्, ‘यसलाई नेपालीपनको उत्सवका रुपमा मनाउनेगरि सहभागीता जनाउन सबैमा अनुरोध गर्दछु।’





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad