८ वैशाख २०८१ शनिबार
खेल

नवीन लामाको ह्याट्रिक

बुटवल – नवीन लामाको ह्याट्रिकमा झापा ११ लाई २ का विरुद्ध ४ गोल गर्दै सशस्त्र प्रहरीको एपिएफ क्लब आइतबार तेस्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगितामा विजयी भएको छ। एपिएफले आफ्नो दोस्रो खेल चैत १३ गते रूपन्देहीको सुनौलो संगम क्लबसँग खेल्नेछ। 

खेलको पाँचौं मिनेटमा झापाका कर्ण लिम्बुले गोलको खाता खोलेका थिए। एपिएफका रामकुमार कुमालले १८आंै मिनेटमा गोल फर्काउँदै खेल बराबरीका ल्याए। झापाका डिफेन्डरले एपिएफका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै नवीन लामाले आफ्नो पहिलो गोल गर्दा एपिएफ खेलमा अग्रता लिन सफल भयो। खेलको दोस्रो हाफपछि हेडमार्फत अर्को गोल गर्न सफल नवीनले अन्तिम समयमा आकर्षक गोल गर्दै ह्याटिक पूरा गरे।

दोस्रो हाफमा झापा ११ का सामिर घिसाङ खानले एक गोल गरे पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन। मदन भण्डारी स्पोटर््स एकेडेमी प्रदेश नं. ५ को आयोजनामा बुटवल १२ रामनगरमा रहेको मानवज्ञान माविको खेलमैदानमा जारी प्रतियोगितामा ए डिभिजनका क्लबहरूको सहभागिता छ। प्रतियोगितामा पहिलो पटक प्रतिखेलाडी ३ लाख रुपैयाँ बिमासमेत गरिएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद १५ लाख र दोस्रो हुनेले नगद ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगितामा सेमिफाइनल पुग्ने २ टिमले नगद १ लाख प्राप्त गर्नेछन्। त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ। १ करोड १० लाखको लागत अनुमान गरिएको प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोटर््स, सुदूरपश्चिम कैलाली, नेपाल आर्मी, थ्री स्टार क्लब, हिमालय एफसी मलेसिया, नेपाल पुलिस क्लब, मनाङ मस्र्याङ्दी, सुनौलो संगम, एपिएफ क्लब र झापा ११ को सहभागिता रहेको छ।

प्रतियोगिता अन्तर्गत सोमबार आयोजक मदन भण्डारी स्पोर्ट्स र नेपाल आर्मीका बीच खेल हुनेछ।

प्रकाशित: १२ चैत्र २०७४ ०४:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App