८ वैशाख २०८१ शनिबार
समाज

अख्तियारका कर्मचारीलाई १० लाख घुस दिन खोज्ने पक्राउ

काठमाडौं-  अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आयोगका कर्मचारीलाई घुस दिन खोज्नेलाई पक्राउ गरेको छ। घुस दिन खोज्ने दुई जनालाई आयोगको टोलीले दरवारमार्गबाट १० लाख सहित पक्राउ गरेको हो। आयोगबाट खटिगएको टोलीले बुद्द एकेडेमी आवासिय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष छिरिङ वाङ्गेल शेर्पा र अखिल नेपाल हिमाली वौद्द संघका अध्यक्ष सोनाम छिरिङ शेर्पालाई घुस रकम अनुसन्धान अधिकृतहरुलाई दिदै गर्दाको अवस्थामा नियन्त्रणमा लिएको हो।

बुद्ध एकेडेमी आवासिय माध्यमिक विद्यालय, जोरपाटी काठमाण्डौमा नेपाल सरकारको अनुदान रकम र विभिन्न दाताहरुले दिएको रकम समेत हिनामिना, हानी नोक्सानी गरी स्कूल नै बन्द भएको बारे अख्तियारले अनुसन्धान गरिरहेको थियो। उक्त विद्यालयमा भएको भ्रष्टाचारको अनुसन्धान प्रभावित गराउन उनिहरुले अनुसन्धान अधिकारीलाई प्रभावित पार्न खोजेका थिए।  विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष छिरिङ वाङ्गेल शेर्पा लगायतका उजुरीमा आरोपित व्यक्तिहरुले उजुरीको अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृतलाई पटक-पटक सम्पर्क गरी अनुसन्धानलाई कमजोर बनाई मुद्दा नचलोस भन्ने उदेश्य राखी अनुसन्धान अधिकृतहरुलाई घुस रकम दिन खोजेको हुँदा उनीहरु माथि कारवाही गर्न भन्दै अधिकृतहरुले आयोगमा उजुरी दिएका थिए।

साथै यस प्रकरणमा संलग्न रहेका नर वहादुर वुढाथोकी हाल फरार रहेकोले आयोगले जनाएको छ। उनको खोजी भैरहेको आयोगले बताएको छ।

प्रकाशित: ६ भाद्र २०७३ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App