८ वैशाख २०८१ शनिबार
राजनीति

ईन्धन अभाव तुरुन्त समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले उपत्यकामा देखिएको ईन्धन अभावबारे आपूर्ति मन्त्री दीपक बोहरासँग टेलिफोनमा चासो राखेका छन्।

सोमबार प्रधानमन्त्रीले आपूर्तिमन्त्री बोहरालाई टेलिफोन गरी बजारमा देखिएको ईन्धनको अभावबारे चासो राखेका हुन्। प्रधानमन्त्रीले भने, ‘उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ। पेट्रोल पम्पहरुमा लाइन लाग्न थालेको छ, यसको कारण के हो ? यसको तत्काल समाधानका लागि प्रयत्न गर्नुहोस्।’

टेलिफोनमा प्रधानमन्त्रीले बजारको नियमित अनुगमन गर्न, पेट्रोलियम पदार्थ लगायत जनताको दैनिकीसँग गाँसिएका उपभोग्य बस्तुहरुको सहज आपूर्तिलाई नियमित गर्न आपूर्तिमन्त्रीको ध्यानाकर्षण गराएका थिए।  जवाफमा आपूर्तिमन्त्री बोहराले तीन दिन लामो बिदाका कारण उपत्यकामा ईन्धनको आपूर्तिमा केही समस्या देखिएको भन्दै मन्त्रालयले जुनसुकै परिस्थिति र समयमा पनि पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नआउने गरी आपूर्ति व्यवस्था सहजगर्ने तयारीमा लागेको जानकारी दिए।

प्रकाशित: ६ भाद्र २०७३ १०:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App