८ वैशाख २०८१ शनिबार
प्रवास

मैत्रीपूर्ण खेलमा तमु समाज युएई विजयी

युएई - गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युएईले आयोजना गरेको अन्तर संघ संस्था मैत्रीपूण फुटबल प्रतियोगितामा तमु समाज युएई बिजयी भएको छ।

शुक्रबार युएईमा क्रियाशिल १८ वटा संघ संस्थाबीच भएको खेलमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै तमु समाज युएई प्रथम भएको हो। 

तमु समाज युएईले नवलपरासी समाज युएईलाई १-० ले हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको हो। एनआरएन युएईले डिसेम्बर महिनालई खेलकुद महिना घोषणा गरेदेखि खेलकुदमा निरन्तरता दिदै आईरहेको छ।

‘युएईका सबै संघ संस्थाबीच एक आपसमा सहकार्य र समन्वय गराउन हामीले खेलको आयोजना गरेका हौ’, एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले नागरिकन्युजसंग भने ‘त्यसैले खेललाई भव्य रुपमा सफल पार्न सफल सहयोग गर्नुहुने सबैलाई धन्यबाद ब्यक्त गर्दछु।‘

श्रेष्ठले स्थान हासिल गर्न सफल तमु समाज युएईलाई  नगद १००० दिराम, ट्रफि, मेडल र प्रमाणपत्र साथै दितृय हुने नवलपरासी समाज युएईलाई नगद ५०० दिराम, ट्रफि, मेडल र प्रमाणपत्र  पुरस्कार स्वरुप दिएको बताए। 

खेल दुबईको सफा पार्कमा बिहान ९ बजेदेखी साँझ ७ बजे सम्म भएको थियो। 

 

प्रकाशित: ११ चैत्र २०७४ ०९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App