८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

रियोबाट फिर्किएका तीन भारतीय महिला खेलाडी जिका संक्रमित !

नयाँ दिल्ली –ब्राजिलमा सम्पन्न रियो ओलम्पिक २०१६ मा सहभागी भएर फर्किएका तीन भारतीय महिला खेलाडी गम्भिर रुपमा अस्वस्थ भई अस्पताल भर्ना भएका छन्।

भरतीय संचार माध्यमका अनुसार गत शनिबार रियोबाट फर्किएका मध्यम गतिका धाविका सुधा सिहं ,ओपी जैसर कविता राउत गम्भिर रुपमा अस्वस्थ भएका हुन्। सुधा अचानक अस्वस्त भएपछि सुरुमा मलेरिया र डेंगुुका कारण उनको अस्वस्थ भएको आशंका गरिएपनि रगत परीक्षणमा त्यसको संक्रमण नदेखिएपछि उनलाई बेङलोरको एक अस्पतालमा विशेष निगरानीमा राखिएर उपचार गरिँदै  गरेको बताइएको छ।

कविताको पनि अस्वस्थ भएपछि उनको  जिका भाइरसको परीक्षणलागि रगत पठाइएको छ। उनी रियोमा रहँदै अस्वस्थ थिइन्।  उनीहरुसंगै रियो ओलम्पिकमा एउटै अपार्टमेन्टमा रहेकी ओपीको स्वास्थमा केही सुधार देखिएपनि उनको समेत जिका भाइरस परीक्षण गरिएको छ ।

 

प्रकाशित: ६ भाद्र २०७३ ०९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App